रविन्द्र प्रसाद अधिकारी– संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री
देशमा विकासले गति लिएको हो मन्त्रीज्यू ?
हो एकदमै देशमा आर्थिक विकास र समृद्धिको युग सुरु भएको छ । अबका दिनमा हाम्रो ध्यान, क्षमता र हाम्रा काम सबै त्यसतर्फ केन्द्रीत हुनेछन् ।
तर देशमा समृद्धि र विकास गर्न धेरै कठिन छ भन्ने पक्ष पनि छन् नि ?
स्वभाविक रुपमानै हाम्रो देशमा समृद्धि र विकास गर्न कठिन छ भनेर विकासका काम नगरिएका पनि छन् । कठिन छ चुनौति छ त्यही भएर त्यसलाई सामना गर्नुपर्छ भन्ने आँटका साथ हामी अगाडी बढेका छौं । खास गरिकन हाम्रा मुख्य चुनौतिहरु चारवटा छन् ।
एउटा भनेको हामी जुन अवस्थामा छौं, राम्रो पनि छ नराम्रो पनि छ । हामी दुई ठुला देशका बीचमा छौं, हामीलाई निर्वाद यातायात, पारवाहन र अरु कुराहरुले गर्दाखेरी पनि हामीलाई अगाडि जान चुनौति छ । त्यसलाई हामीले समायोजन गर्नुपर्नेछ । दोस्रो हामीसँग आर्थिक स्रोत कम छ । त्यसले गर्दा आर्थिक स्रोत बलियो बनाउनुपर्नेछ । आफ्ना स्रोतहरु पनि बढाउनु पर्नेछ ।
तेस्रो कुरा चाँही हामीसँग क्षमता छ तर काम गर्नको लागि भने हामीसँग क्षमता कमजोर छ । नागरिकलाई सक्षम बनाउनु प¥यो र पहिलो राज्यका संरचनाहरु काम प्रभावकारी ढंगले गर्नको लागि सक्षम हुनुप¥यो । निजी क्षेत्रलाई सक्षम बनाउनु प¥यो र अगाडि बढ्न प¥यो । चौथो मुख्य कुरा भनेको हामीले सुशासन कायम गर्नुप¥यो ।
देश विकासका लागि राजनैतिक स्वार्थ त्याग्न सक्छन् नेताहरुले ?
आफ्ना पार्टीगत स्वार्थहरु भन्दा मुलुकको स्वार्थलाई माथि राखेर काम नगर्ने हो भने हामी सरकारमा छौं भन्ने कुराको अर्थ नै हुँदैन नि । हामी सरकारमा छौं, तर कसैलाई दमन गर्न होइन । नराम्रो गर्न होइन । हामी सरकारमा छौं कसैलाई पक्षपात गर्नका लागि होइन । बलियो हुनु भनेको नराम्रो गर्नु होइन । आर्थिक विकास र समृद्धि गर्न र सु–शासन कायम गर्नका लागि हामी सरकारमा छौं । जनताको मनोबल बढाउनको लागि र सानातिना स्वार्थहरुलाई छोडेर राष्ट्रहितमा समर्पित हुनका लागि हो । त्यसैले अबका दिनमा भनेको देश नै प्रमुख स्वार्थ हुनुपर्छ ।
सरकारका १०० दिनका उपलब्धीहरु के–के छन् ?
मूलतः हामीले पर्यटन मन्त्रालय मातहतका जति पनि निकायहरु छन् तिनीहरुको सुधार र कामलाई तिव्रता दिने योजना बनाइराखेका छौं, अनि त्यहाँ भइरहेको अवस्थालाई परिवर्तन ल्याउने प्रयासमा पनि छौं । सबैभन्दा बढी चाँही अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार ल्याउनेमा केन्द्रित छु । त्यसमा हामीले जहाज चलाउने समय बढाउने भनेका छौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अब २१ घण्टा जहाज उड्छ । हामी अर्को वैकल्पिक राष्ट्रिय विमानस्थलको खोजीमा छौं । अहिलेको लागि सम्भावना देखेको भनेको धुलिखेल हो ।
धुलिखेलमा अब राष्ट्रिय विमानस्थल बन्छ । बाह््य उडान चाँही बनेपा, धुलिखेलबाट हुन्छ । अनि अर्को कुरा चाँही दोस्रो विमानस्थलको कुरालाई अगाडी बढाउने भनेका छौं । भैरहवा र पोखराको चाँही अगाडी बढिराखेको छ । हामी पहाडी क्षेत्रहरुमा विमानस्थल हुने तर जहाज नहुने अवस्थाको अन्त्य गर्नको निम्ति पनि क्षेत्रिय स्तरबाट सञ्चालन नगरी केन्द्रीय स्तरबाट सञ्चालन गर्ने आन्तरिक उडानलाई र सानो जहाजहरु पनि किनेर अगाडी बढाउनेमा जाँदै छौं । हामीले खासगरी पुरातत्व सम्पदाको कामहरु यस अवधिमा पुरा गर्ने लक्ष्य राखेका छौं ।
विमानस्थलको सुधारको कुरा गर्दै गर्दा एयर ट्राफिक कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यही ट्राफिक क मगर्नको लागि एउटा समय बढाएर २१ घण्टा पु¥याएका हौं । यसले केही सजिलो हुन्छ । अर्को अल्टरनेटिभ खोज्नुपर्ने आवश्यकता पनि छ । अत्याधुनिक प्रविधिको सामाग्रीहरुलाई प्रयोग गर्ने भन्ने कुरा भयो, त्यसले गर्दा हाम्रो विमानस्थलको सेफ्टीका लागि अपनाउनु पर्ने सबै अपनाउँछौं । एयर ट्राफिकमा पर्ने जुन अवस्था छ, त्यसलाई हामीले अहिले, पहिलो चरणको रुपमा उपायहरु सहित अगाडी बढेका छौं ।
बनेपामा आन्तरिक विमानस्थल बनाउने जुन योजना पूरा हुन कति समय लाग्छ ?
छिटोभन्दा छिटो डेढ वर्ष भित्रमा पुरा गर्ने हिसाबबाट सोँच्दै छौं । निजगढको विमानस्थलको बारेमा भने हामीले कुन मोडलमा जाने भन्ने मोडालिटिको कुरा हुँदैछ । निर्माण कम्पनीसँग पहिला भइरहेको कुराको सेटलमेन्ट हुँदैछ । पूर्ण गतिमा काममा ग¥र्यौ भने चार साढे चार वर्षमा पहिलो चरणको काम सकिन्छ, धावन मार्ग तयार हुन सक्छ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.