चन्द्र भण्डारी– नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केही समय बसेर स्थगित भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री खुमबहादुर खड्काको असामयिक निधनका कारण बैठक स्थगित गरेर पुन बस्न लागिरहेको छ । विधान अनुसार महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी चयन र कार्यसमितिलाई पूर्णता दिनुपर्ने बाध्यात्मक अवस्था हुँदा पनि अहिलेसम्म पदाधिकारी मनोनयन र कांग्रेस पार्टी भित्रको केन्द्रीय समितिले पूर्णता पाउन सकिरहेको छैन ।
संविधानको कायान्वयनसँगै भएको निर्वाचनमा कांग्रेस इतिहासमै पछाडि परेको अवस्थामा छलफल गर्न भन्दै बसेको केन्द्रीइ समितिको बैठकमा नेताहरुले एक–आपसमा दोषारोपण गर्दै मिडियावाजी गरिरहेको कांग्रेसका कार्यकर्ताहरुलाई रुचाइरहेका छैनन् । यद्यपी केन्द्रीय नेताहरुले केन्द्रीय नेतृत्वप्रति नै आक्रोस पोखेर कार्यकर्ताबाट आफूँ चोखो बन्न खोजेको आरोप पनि नलागेको होइन ।
यसै विषमा केन्द्रीत रहेर नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग गरेको कुराकानीको सम्पादीत अंशः
नेपाली समाजलाई परीवर्तन गर्न के–के गर्नुपर्ला ?
यो देश धेरै ठूलो भ्रष्ट्राचारमा फसेको छ । नेपालको हरेक क्षेत्रको नेतृत्व कर्ताहरुले सामान्य एउटा क्लबदेखि प्रधानमन्त्रीको कार्यालयसम्म आफु सम्पन्न कसरी बन्ने, धनी कसरी बन्ने अनि आफ्नो परीवारलाई कसरी धनी बनाउने भन्ने उदेश्यले अभिप्रेरित भएको पाइन्छ । यो अवस्था हाम्रो देशमा लामो समयदेखि चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका निम्ति कुनै पनि सरकारहरुले चासो देखाएको देखिदैन ।
वर्तमान सरकार देशको राष्ट्रियता संरक्षणको मुद्दा लिएर बनेको छ । यो सरकारमा पनि कुरा धेरै भएका छन् तर कामहरु निरन्तर भइरहेका छैनन् । मैले यस नयाँ विकल्प साप्ताहिक मार्फत एउटा कुरा भन्नैपर्छ । म गुल्मी जिलामा छु अहिले गुल्मी जिल्लामा एउटा गाउँपालिका यस्तो छ कि हामीले सिंहदरबारको अधिकार गाउँमा लैजाने भन्ने अभियानका साथःंविधान बनायौं ।
तर गाउँपालिकाको अध्यक्षले कुनैपनि बजेट कुनैपनि योजना पहिला चाँही गाउँपालिका अहिलेको वडामा वितरण गरेको पाइदैन । जुनसुकै राजनीतिक पार्टीबाट टिकट पाएर स्थानीय निकायमा जितेका नेताहरुले गाउँदेखि वडासम्म आफ्नो गाउँ राम्रो बनाउ भन्ने होइन । म राम्रो राजनीतिक नेता बन्छु, समाजमा राम्रो काम गर्छु, भन्ने चाहना एकदमै कम भएको मैले पाएको छु ।
अहिले स्थानीय निकायमा कसरी कमाउ र धनी हुँ भन्ने होडवाजी चलेको छ । गाउँगाउँमा डोजर लगाइएको छ, त्यसको आवश्यकता के हो, कुनै वडालाई अधिकारै नदिइ गाउँपालिकाको अध्यक्षले आफूखुशी योजना बाँडेको छ । यो अर्को अराजकता भन्ने लाग्छ । यसले देशमा अराजकता निम्त्याउने खतरा जस्तो लाग्छ । हामीले समानुपातिक सिट, पिछडिएको वर्ग, समूह, योग्य व्यक्ति तल्लो सदनको रिक्ततालाई माथिल्लो सदनमा पु¥याउने लक्ष्य लिएका थियौ, तर त्यसो हुन सकेन । त्यसैले समाज परिवर्तन गर्न ठूलै जोखिम मोल्नुपर्ने अवस्था छ ।
अहिले भ्रष्टाचारको निकै चर्चा छ, जताततै भ्रष्टाचार भएको छ, यहाँलाई के लाग्छ ?
हामीले राजनैतिक नेतृत्वलाई मात्र दोष लगाएर हुँदैन । कर्मचारी, न्यायपरीषद्, अख्तियार, संवैधानिक निकायका प्रमुखहरुको पनि एक अर्कालाई नियन्त्रण गर्न सक्ने खालको परिपाटी निर्माण गर्न सके राम्रो हुन्छ । अहिले यस्तो लाग्छ समाजनै भ्रष्ट भयो कि भन्ने डर भैइसक्यो ।
त्यसकारणले राजनीति पनि अछुतो हुने कुरा भएन । त्यसकारण त्यसलाई नियन्त्रण गर्नका निम्ति संवैधानिक निकायहरु मजबुत हुन पथ्र्यो । ती पनि हुन सकेनन् किनभने राजनीति भागवण्डामा हामीले व्यक्तिहरुलाई न्याय प्रणालीमा उता¥यौ । अख्तियारमा उता¥यौ, जुनसुकै ठाउँमा उता¥यौ, त्यस कारणले गर्दा हामीलेनै भ्रष्टाचारलाई निम्त्यायौ भन्ने लाग्छ ।
अहिले नेपाली कांग्रेस पार्टीभित्रको अन्तर द्धन्द्धको कथा चाँही के हो त ?
नेपाली कांग्रेसको विधानअनुसार वर्तमान केन्द्रीय समितिलाई दुई महिना भित्रमा पदाधिकारीहरु चयन गर्नुपथ्र्यो । तर उहाँले दुई वर्ष भइसक्दा पनि कार्यसमितिलाई पूर्णता दिन सक्नुभएन । यसले गर्दा पार्टीको संगठनले गर्नुपर्ने कार्य अगाडी बढ्नै सकेन । पार्टीभित्र संगठन चुस्तदुरुस्त हुन सकेन । अहिले देखिनै अर्को महाधिवेशनको लागि प्रक्रिया सुरु गरेर गाउँ, वडा, प्रदेशदेखि केन्द्रसम्म सबै किसिमका अधिवेशनको तयारी थाल्नुपथ्र्यो ।
सुरुवातै हुन सकेन । अनि महाधिवेशनका निम्ति त्यसको त्यति धेरै किचलो गर्नु, झगडा गर्नु, हगांमा गर्नु र बन्ने मान्छेलाई पनि मरिहत्ते गर्नुपर्ने आवश्यकता पर्दैनथ्यो । अब त ढिला भैइसक्यो । त्यसैले महाधिवेशनमा गएर विधान परिवर्तन गरेर १४औं महाधिवेशन नयाँ तरिकाले गरेको खण्डमा उपयुक्त हुन्छ ।ढिलो भएपनि पदाधिकारी चयन गर्नुपर्दैन भन्ने पक्षमा तपाई लाग्नुभएको हो ?
हो, पदाधिकारीको चयन गर्ने समय गइसक्यो नि ।
पहिले नै गरिदिएको भए पार्टीको एउटा व्यक्तिको राजनीतिक करियर बन्न सक्थ्यो नि । त्यसैले अब गरेर फाइदा छैन, आवश्यकता पनि छैन । जसलाई दिने हो त्यस व्यक्तिले काम गर्ने समयनै समाप्त भैइसक्यो । अहिले सभापतिजीले जे गर्न खोजीरहनु भएको छ, गर्न त सक्नुहुन्छ, उहाँको अधिकार भित्र नि पर्ला । समग्र कांग्रेसलाई फाइदा हुन्छ जस्तो चाँही मलाई लाग्दैन ।
तर पार्टी सभापतिले पदाधिकारीहरुको नाम तय गरिसक्नु भएको भन्ने हल्ला छ नि तपाई के भन्नुहुन्छ ?
नेपाली कांग्रेसको राजनीतिक जीवनमा मैले धेरै व्यक्तिका निम्ति झगडा पनि गरे, सर्पोट पनि गरे होला तर, बाहिरका कुनैपनि व्यक्तिहरुले नेपालको राजनीतिलाई निकाल्न सकेनन् । कुनै पनि राजनीतिक लिडर बन्न सकेनन् यस्तो देखिन्छ । म धेरै कुरा सहमत असहमत भन्दा पनि धेरै कुरामा जोड दिने पक्षमा छैन र यो पदाधिकारी चयन गर्दा पनि मिलाएर पार्टीलाई एक ढिक्का बनाएर लानुपर्छ भन्ने पक्षमा छु ।
पदाधिकारीको चयन मिलाएर गर्नुपर्छ भनेर तपाई भनिरहँदा पार्टी सभापतिको अधिकारमाथि अंकुश लगाउन खोज्नुभएको हो ?
कांग्रेसको विधानमा त दुई महिनाभित्र गर्नुपर्ने थियो नि । विधान अनुसार भएको भए हामीले केही बोल्न मिल्दैनथ्यो । त्यसैले अहिलेसम्म नभएपछि उहाँले आफ्नो अधिकारको दुरुपयोग गर्नु भएन त ? उतिबेला पनि उहाँले चाहेको मान्छेलाई उपसभापति, महामन्त्री बनाउन सक्नुहुन्थ्यो, तर अहिलेको अवस्थामा पार्टीलाई धेरै मिलाएर लैजानुपर्ने अवस्थाको सिर्जना भएको छ ।
तपाई पार्टीभित्र गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिमध्ये कसलाई उपसभापति बनाए हुन्छ होला भन्ने पक्षमा हुनुहुन्छ ?
म कसैको पक्षमा पनि छैन । यस विषयमा मेरो कुनैपनि राय दिन चाहन्न । पार्टीभित्रको संरचना र कांग्रेसको विधानले दिएको अधिकार प्रयोग गरेर पार्टी सभापतिले मनोनित गर्ने हो । त्यसमा यो राय उ राय भनेर भन्दै हिँड्ने म गर्दिन ।
त्यसोभए यी दुवै जना नेता मध्ये जो भएपनि हुन्छ, भन्न खोज्नसभएको हो ?
मैले नेपालमा टेक्निकल्ली पद समाल्ने नेता र पार्टी सभापति बन्ने नेता एउटा कुरा हो । विचार र चिन्तनको नेता बन्ने कुरा अर्को हो । मैले अहिले नेपालको राजनीतिक परिवेशमा त्यस्तो नेता बन्ने खालको व्यक्ति कम नै देखेको छु ।
पार्टी सभापतिले जस–जसलाई पदीय जिम्मेवारी दिँदै हुनुहुन्छ, त्यसमा तपाईको असन्तुष्टि रहेको हो ?
होइन, त्यो केन्द्रीय समितिमा आएर मात्र छलफल जानुपर्छ । बाहिर – बाहिर बाँड्दै हिँड्ने कुरा होइन । नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय समितिमा साभापतिजीले प्रस्तुत गरेपछि मात्र त्यसलाई अनुमोदन गर्नुपर्छ । त्यसकारण उहँले मलाई यो–यो गर्दा कस्तो हुन्छ होला भनेर सोध्नुभयो भने सल्लाह दिउँला । तर जथाभावी मिडियावाजी गरेर सञ्चारमाध्यमबाट त्यसको बारेमा बोल्नु त्यति उपयुक्त नहोला ।
हाम्रो समूहमा विचारको दृष्टिकोणले सबैभन्दा बढी छ । तर नेपाली कांग्रेभित्र जर्बजस्ती गर्ने बानी भएको हुँदा डेमोक्रेटिक प्रक्रियाबाट आएकोलाई अनडेमोक्रेटिक तरिकाले त्यसलाई फाल्छौं भन्न त भएन नि । चौधौ महाधिवेशन जतिसक्दो चाडो गरेर नयाँ व्यक्ति, नयाँ विचार, नयाँ दृष्टिकोण लिएर अगाडी बढौं । संसारमा अहिले नयाँ तरिकाले गइरहेको बेलामा हामी पुरानै शैली, पुरानै दृष्टिकोणले जाने हो भने हामी कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं ।
कम्युनिष्टहरुले गाउँ गाउँमा अहिले कांग्रेसलाई हरेक विकास निर्माणदेखि बाहिर पारेका छन् । कांग्रेसले जितेको ठाउँ छ भने कुनै ठाउँमा बजेट नै दिएको छैन । यो प्रक्रियालाई यो असहिष्णुता बनिरहेको यो अवस्थालाई कांग्रेस नयाँ तरिकाले लानुपर्छ भन्ने कुरालाई असहमतिको रुपमा लिन पनि हुँदैन ।
नेपाली कांग्रेसको पार्टीलाई सुधार गर्नको लागि पुराना नेताहरुलाई विस्थापित गर्नपर्छ भन्ने तपाईको धारणा हो ?
कांग्रेस पार्टीलाई सुधार्दै नयाँ नेतृत्व निर्माण गर्दै अगाडी बढ्नको निम्ति हामी तयार हुनुपर्छ । महाधिवेशन भएको दुइ वर्ष भइसक्यो, संविधान अनुसार विधान बनाउन सकेका छैनौं । विधानमा वडा गा.वि.स, नगरदेखि प्रदेशसम्म जाँदाखेरी त अब महाधिवेशनको सुरुवात गर्ने बेला भयो ।
त्यसकारण यसलाई अर्लि महाधिवेशन भन्नुस वा समयमा महाधिवेशन गर्छु भन्नु यो एउटै कुरा हो । हामी जर्बजस्ती गर्ने पक्षमा छैनौं । हाम्रो दृष्टिकोण हो हामीले राख्यौ, पार्टीलाई अगाडी बढाउनको निम्ति सक्षम बनाउनको निम्ति अहिलेको बामपन्थी सरकारसँग प्रतिस्प्रर्धा गरेर जसको निम्ति हामीले आफ्नो कुरा राख्यौ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.