देउवाप्रति केवि गुरुङको किन फाट्यो चित्त ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देउवाप्रति केवि गुरुङको किन फाट्यो चित्त ?

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा कांग्रेसको तर्फबाट राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गरिसकेका कुल बहादुर गुरुङले पार्टी सभपाति शेरबहादुर देउवाको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट हुँदै चित्त दुखाएका छन् ।

आफ्नो लामो गौरवमय ईतिहासको अन्तरालमा पार्टी अत्यन्त जटिल मोडमा उभिएको भन्दै गुरुङले पार्टीको १३ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार देउवाको प्रस्तावक भएको नाताले उनीमाथि दिएको समर्थन फिर्ता लिएको घोषणा समेत गरेका छन् ।

स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई पार्टी केन्द्रिय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ति र कमजोरीहरुलाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पार्टी नराम्रोसंग पराजित भएको वताएका छन् । पार्टीले पराजय बेहोरेपछि साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत लोकप्रियता गुमाएको ठहर रहेको बताएका छन् ।

पार्टीले अवलम्वन गरेको अहिलेको नीति, नेताको कार्यशैलि वा नेतृत्वको अक्षमताले के ले हो भन्ने बिषयमा गम्भिर छलफल नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै पार्टीले गम्भिरता नदेखाएको वताएका छन् । राजनेता वी.पी. कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण कांग्रेस पराजित भएको भन्दै उनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ बैशाख १०, ०८: २४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ बैशाख १०, ०८: २४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ बैशाख १०, ०८: २४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...