काठमाडौं । एक बर्षअघि भएको स्थानीय तहको निर्वाचनको समिक्षा केन्द्रीय कार्य समितिले गरिरहँदा पार्टी सभापति शेरबहादुर देउवा भने दुई बर्षअघि नै गर्नु पर्ने पदाधिकारी नियुक्तिको प्रक्रियामा जुटेका छन् । एब बर्षअघि अर्थात बैशाख ३१ गते स्थानीय तहको पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणको निर्वाचन भएको थियो ।
त्यसवेला उम्मेदवार चयनदेखि पार्टीको आधिकारिक उम्मेदवारलाई असयोग गर्ने र वागी उम्मेदवार दिने कार्यकर्तालाई कारबाही समेत पार्टीले गरेको छैन् । प्रदेश र प्रतिनिधिसभाको गत मंसिर १० र २१ गते भएको निर्वाचनमा उम्मेदवार चयन गर्दा नाताबाद कृपाबाद, गुटगत व्यवहार र पैशामा उम्मेदवारको टिकट बेचेको गुनासो र आरोप आईरहँदा पार्टीले ति कुनै पनि मागलाई संवोधन गरिसकेको छैन् ।
निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि निर्वाचनको समिक्षा गर्न बैठक बोलाउन माग गर्ने केन्द्रीय सदस्यहरुलाई समेत सभापति देउवाले कारबाही डण्डा लगाउने चेतावनी दिए पछि सभापति देउवाबिरुद्ध पार्टी केन्द्रीय समितिमा समेत आक्रोस बढेको छ ।
कहिले सरकारमा भएको, कहिले राष्ट्रिय सभाको निर्वाचन भएको त कहिले के भनेर वाहाना गर्दै केन्द्रीय कार्य समिति बैठक छल्ने गरेका छन् । गत चैत ९ गतेदेखि शुरु भएको बैठक प्रभावशाली नेता तथा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले एक सातासम्म ब्रठक प्रभावित भए पनि त्यसभन्दा अन्य समय देउवाले बैठक बोलाएर नेताहरुको आलोचना समेत सुन्न सकेका छैनन् ।
केन्द्रीय समिति बैठकमा आफ्नो आलोचना बढी भएको भन्दै बैठक एकपछि अर्को बहानामा सार्दै आएका देउवाले आफ्नै गुटका असन्तुष्टलाई खुसी बनाउन बैठकको बीचमै भएपनि पदाधिकारी नियुक्तिको तयारीमा जुटेका छन् ।
देउवासँग गुनासो गर्दै आएका उनको गुटका नेतासमेत यतिवेला देउवाको गुणगान गाउन व्यस्त भएका छन् । उनीहरुलाई सभापति देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रचार विभाग, परराराष्ट्र विभाग र संगठन विभाग जस्ता आकर्षक पदको लोभ देखाएका छन् । देउवाले पार्टीमा कुनैं जिम्मेवारी देलान भन्ने आशमा बसेका केन्द्रीय सदस्यहरु समेत देउवाको पक्षमा यतिवेला खुलेर लागेका छन् ।
देउवाले संसदीय दलको उपनेतामा गच्छदार, प्रमुख सचेतकमा बालकृष्ण खाँड र सचेतकमा पुष्पा भूषाललाई यसअघि नै नियुक्त गरिसकेका छन् । देउवाले बरिष्ठ नेतामा गोपालमानलाई व्यवस्थापन गरिसकेका छन भने उपसभापतिमा विमलेन्द्र निधिलाई नियुक्त गर्ने सोचमा पुगेका छन् । उनले महामन्त्रीमा पूर्णबहादुर खड्कालाई नियुक्त गर्न लागेका छन भने सहामहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई रोजेका छन् । पौडेल गुटबाट सहमहामन्त्री नदिने निष्कर्षमा पुगेका सभापति देउवाले पदाधिकारीको नियुक्ति गर्दा अनुमोदन गर्न पौडेलले साथ नदिए महामन्त्री डा. शशांक कोइरालालाई मनाउने पक्षमा रहेका छन् ।
देउवाले पदाधिकारी नियुक्तिसँगै विभागलाई पनि पूर्णता दिने भएका छन् । यसबाट चर्को रुपमा महाधिवेशनको माग गर्दै आएका केन्द्रीय सदस्यहरुको आवाज र मागलाई मलिन गर्न देउवाले यो कदम चाल्न लागेको स्रोतले बतायो ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...