सञ्जिव विक्रम राणा –कार्यकारी निर्देशक, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
मेलम्ची खानेपानी आयोजनाको ‘ब्रेक थ्रु’ भएको छ । पानी काठमाडौं आइसकेपछिको व्यवस्थापन कसरी हुन्छ ?
मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा कुरा गर्नुपर्दा काठमाडौं खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाभित्र वितरणका कामहरु गर्छ । जसअन्तर्गत ठूला ठूला पाइपलाइनका कामहरु हुँदा जसले नयाँ र पुराना रिजर्भवायरलाई जोड्ने काम गर्छ ।
वितरण सञ्जालले सुधारको काम गरिरहेको छ । अहिले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । मेलम्चीको पानी सुन्दरीजलमा आएर प्रशोधन भइसकेपछि वितरण प्रणालीबाट नयाँ र पुरानो दुर्व रिजभ्र्वायरमा जान्छ । त्यो रिजभ्र्वायरहरुबाट खानेपानी वितरण सञ्चालन हुने व्यवस्था हामीले मिलाएका छौं ।
नयाँ वितरण प्रणाली विच्छाइएका ठाउँमा पानी कसरी वितरण हुन्छ ?
नयाँ वितरण प्रणालीमा चाहीँ केही काम बाँकी रहेको हुँदा पानी आउनासाथ पुरानो सञ्जालबाट पानी जान्छ । यो अर्थमा एकैपटक पुरानो प्रणाली र नयाँ प्रणाली चलाउनुपर्ने बाध्यता चाहीँ हामीलाई छ ।
खोनपानी बोर्ड १३ वर्षमा प्रवेश गरेको अवसरमा वितरणलाई आधुनिक बनाउन र अन्य सुधारका कामहरु के के भएका छन् ?
सुन्दरीजलमा जुन पानी प्रशोधन केन्द्र बन्छ, त्यहाँ एउटै कोठामा बसेर हामीले सबै ट्रिटमेन्ट प्लान्टलाई अपडेट गर्न सक्छौं । वितरण प्रणाली पनि आधुनिक प्रकारकै हुन्छ । सम्पन्न भइसकेको त छैन, तर कामहरु अघि बढिसकेको छ । जसले गर्दा हामीले ठुला ठुला भल्वहरुदेखि एउटै कोठामा बसेर सञ्चालन गर्न सक्ने त्यस्तो किसिमको प्रविधि भित्राउँदै छौं । त्यही अनुरुप काम अघि बढिरहेको छ ।
तपाईंको आगमनपछि बोर्डमा भएका उपलब्धीहरु के के हुन त ?
सबभन्दा पहिला भूमिगत जलस्रोतको दोहन अत्याधिक भएका बेला हामीले त्यसलाई नियमन गर्ने हिसाबले कानुनी दायरामा ल्याउने कामहरु गरिरहेका छौं । अझै पनि कतिपयले अनुमति नलिइकन पनि चलाइरहकोे अवस्था छ ।
उहाँहरुलाई पनि तत्काल बोर्डमा सम्पर्क गर्न आउन आग्रह गर्दछु । हाम्रो अनुगमन तिव्र रुपमा अघि बढ्दैछ । अनुमति नलिइकन काम गरिरहेकाहरुलाई असार मसान्तभित्र कारवाहीको दायरामा ल्याउँछौं । ट्यांकर सेवाको कुरा गर्दा हामीले वर्गीकरण गरेअनुसारको ५ सय ८ वटा अनुमति प्राप्त ट्यांकरहरु सञ्चालनमा छन् । ट्यांकर सेवासँग सम्बन्धित एप पनि छ । जसबाट कुन ट्यांकरले कस्तो पानी बोक्छ, त्यसका विवरणहरु राखेका छौं । त्यसले गर्दा आम उपभोक्तालाई सजिलो हुन्छ ।
मेलम्ची आइसकेपछि यो घट्दै जान्छ । अर्को कुरा मेलम्ची आइसकेपछि त्यसको उपयोग गर्दा मुल्य महंगो हुन गएमा भुमिगत पानीको दोहन अझै रहनसक्छ । यद्यपी, केही मात्रामा भएपनि कम हुन्छ ।
काठमाडौं जुन भूमिगत पानीको प्रयोग भइरहेको छ । यसरी पानी झिक्नु कतिको उपयुक्त हो जस्तो लाग्छ ?
भूमिगत पानीको जुन उपयोग छ,त्यो वास्तवमा हाम्रो बाध्यता हो ।किनभने हामीले पानी दिन नसकेपछि पानीको समस्या समाधान गर्नका लागि वैकल्पिक उपायका रुपमा उपयोग गरिएको हो । मेलम्ची आइसकेपछि यो घट्दै जान्छ । अर्को कुरा मेलम्ची आइसकेपछि त्यसको उपयोग गर्दा मुल्य महंगो हुन गएमा भुमिगत पानीको दोहन अझै रहनसक्छ ।
यद्यपी, केही मात्रामा भएपनि कम हुन्छ । भुमिगत पानी दोहनलाई हामीले २ तरिकाबाट हेर्नुपर्छ । डीपवेलको दोहन हामीकहाँ खासै भइसकेको छैन । स्यालोमवेलको विशेषता चाहीँ छिट्टै सुक्छ र चाँडै रिचार्ज पनि हुन्छ । काठमाडौंको भूमिगत पानीका बारेमा अहिले अध्ययन भइरहेको छ । त्यसबाट के आउँछ, त्यसैलाई आधार मानेर अघि बढ्नुपर्छ ।
हाम्रो पत्रिका मार्फत भन्न चाहनुहुन्छ ?
यहाँको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत म के भन्न चाहन्छु भने अहिलेसम्म हामीले पानीको समस्याले गर्दा धेरै दुख भोग्यौं । मेलम्ची आउने समय नजिकिँदै छ । सुरुङ ‘बेक थु्र’ भइसकेको छ । योजना सम्पन्न हुने अवस्थामा छ । याङ्ग्री र लार्के पनि ४ वर्ष्भित्रै सक्ने लक्ष्य राखिएको छ । सन् ०२१÷२२ सम्ममा काठमाडौं उपत्यकाभित्र २४ घण्टै पानी सप्लाई गर्न सकिने स्थिती रहन्छ । क्रमश हाम्रा दुखका दिनहरु ह्ट्दै जानेछन् ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.