महासंघ प्रदेश समितिको निर्वाचन २२ गते – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

महासंघ प्रदेश समितिको निर्वाचन २२ गते

काठमाडौं । नेपाल पत्रकार महासंघको विधान अनुसार यही २२ गते देशैभर प्रदेश समितिको निर्वाचन हुँदैछ । नेपालको संचार क्षेत्रसँग बढी प्रभाव पारेका ३ संगठन (नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल) बीच तालमेल भएपछि देशभैर अधिकांश पदमा निर्विरोध निर्वाचित भएका छन् ।

७ प्रदेश मध्ये २ नं. प्रदेशमा मात्र समावेशी पद बाहेक सबै पदहरुमा निर्वाचन हुने भएको छ । प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियनका बीच तालमेल भइरहँदा मधेशका पत्रकार संघसंगठनहरुलाई समेट्न नसक्दा तीन संगठनले सर्वसम्मत बनाउन गरेको प्रयास निरर्थक भएको छ ।

जसअनुसार तीन संगठन र सम्पूर्ण लोकतन्त्रवादी पत्रकारहरुको तर्पmबाट साझा समावेशी अनुहार दिपेन्द्र चौहानलाई अध्यक्ष पदमा अगाडि सारिएको छ ।

चौहान निकै लामो समयदेखि मोफसलमा बसेर पत्रकारिता गरिरहेका छन् । तीन संगठनको तालमेलमा मधेश केन्द्रित पत्रकार संगठनहरु सहभागी नभएपछि २ नं. प्रदेशमा निर्वाचन हुन लागेको हो ।

त्यसैगरी ३ नं. प्रदेशमा पनि अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध निर्वाचित भइसकेको छ । ३ नं. प्रदेशमा तीन संगठनको साझा उम्मेदवारको रुपमा पुराना पत्रकार प्रताप विष्टलाई सर्वसम्मत रुपमा चयन गराउने प्रयास जारी नै छ । त्यसकारण सबैजसो प्रदेशमा मुख्य पदहरुमा तालमेल अनुसार नै निर्विरोध निर्वाचित भएता पनि सबैभन्दा बढी सदस्यता भएको उपत्यका प्रदेशमा पनि निर्वाचन हुने भएको छ ।

उपत्यका प्रदेशमा अन्य पदहरुमा निर्विरोध निर्वाचित भएता पनि महासचिव र समावेशी सचिव पदमा भने २÷२ जनाको उम्मेदवारी परेको छ । जसअनुसार प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर तथा उपत्यकाका विभिन्न संघसंस्थाका साझा उम्मेदवारको रुपमा श्रीजन झालाई उपत्यका प्रदेशको महासचिव पदमा उम्मेदवार बनाइएको छ । त्यसैगरी समावेशी सचिवमा जगत प्रजापतिलाई उम्मेदवार बनाइएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ बैशाख २०, ०६: ४०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ बैशाख २०, ०६: ४०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ बैशाख २०, ०६: ४०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...