काठमाडौं । गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उपे्रती गोरेलाई राजनीतिक तहका उच्च नेताको संरक्षण रहेको आशंका गरेको छ । उच्च नेतृत्वले उप्रेतीलाई भारत हुँदै तेस्रो मुलुक भगाएको हुन सक्ने अनुमान प्रहरी सूत्रको छ । सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन गरिएबाट प्रहरीले यस्तो सूचना पत्ता लगाएको हो ।
उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका छन् । तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् । उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरकफरक टोली खटाइएको छ ।
प्रहरीले खोजि कार्य गहिराईमा पुगेर गर्न थालेपछि उप्रेतीकी पत्नी निरु खरेल उप्रेतीलाई डिभोर्स दिने भन्दै पत्रकारलाई बताउन थालेकी छन् । सो घटनामा आफू समेत तानिन सक्ने भएपछि निरुले यस्तो बताएकी हुन् । अभियुक्तसँग व्यक्तिगत, पारिवारिक वा संयोगवस भएको कुराकानी वा भेटघाटको सन्दर्भ र घटनालाई समेत जोडेर प्रहरीले असम्बन्धित व्यक्तिलाई छानबिन गर्न भन्दै गिरफ्तार गरिरहेको छ ।
उच्च नेतृत्वकै नाता जोडिएकी निरुले प्रहरीले मुख्य अभियुक्त निरुलाई भने एक दिन पनि हिरासतमा राख्ने आँट गरेको छैन् । यहासम्मकी प्रहरीहरुले उनीसँग गहिराईमा सोधखोज समेत गर्न सकेका छैनन् । लहरो तान्दा पहरो गर्जने भने झैं गोरेलाई नै अनुसन्धान टोलीले मुख्य अभियुक्त बनाएकोमा उच्च तह तनावमा गुज्रिरहेको छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...