दमक । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताए । उनले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हड्ताल गर्ने दिनको अन्त्य भएको बताए ।
झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औल्याए । उनले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको तर्क दिएका थिए ।
उनले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिए । प्रवक्ता शर्माले प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनुमात्र नभएर नागरिकले मौन रुपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने धारणा राखे । अन्तरसंवादमा सहभागी युवाले युवा नेता शर्मासँग विभिन्न जिज्ञासासमेत राखेको प्रतिष्ठानका जिल्ला अध्यक्ष नवीन ढुंगानाले बताए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...