काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपाका नेताहरुलाई लोकतन्त्रमा सबै कुरा लोकतान्त्रिक विधि प्रक्रियाबाटै पूरा हुने बताएका छन् । हायात होटलमा शनिबार दिउँसो पौने १ बजे भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न गएका राजपा अध्यक्ष मण्डलको टोलीलाई छोटो प्रतिक्रिया दिँदै मोदीले ढिलो चाँडो भए पनि सबै कुरा लोकतान्त्रिक विधिबाटै पूरा हुने बताएको राजपा अध्यक्ष मण्डलका एक सदस्यले बताए ।
मोदीसँगको भेटमा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली मधेसका मुद्दा समेटेर संविधान संशोधन गर्ने पक्षमा सकारात्मक रहेका र आफूहरु आशावादी रहेको बताएका थिए ।
राजपाका एक नेताका अनुसार मोदीले राजपा नेताहरुसँग जनकपुरमा पाएको सम्मान र नेपालको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताएका थिए । राजपा नेता ठाकुरले प्रदेश २ को जनकपुरबाट नेपालको यात्रा शुभारम्भ गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए ।
भेटका क्रममा मोदीले नेता ठाकुरसँग मात्र पनि कुरा गरेका थिए ।
राजपा अध्यक्ष मण्डलका नेतालाई उदृत् गर्दै स्रोतले भन्यो, ‘मोदीजीले छुट्ने बेलामा महन्थजीको स्वास्थ्य अवस्थाबारे जिज्ञाशा राख्नु भएको थियो ।’
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...