काठमाडौ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आव्हान गरेको नेपाल बन्दका कारण देशब्यापी असर परेको छ । मुलुकको हरेक क्षेत्रमा बम बिष्फोट भएको छ भने कतिपय स्थानमा नेपाली सेनाले बम डिष्पोज गरेको छ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ ।
सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ र आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
आइतबार बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौं महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन। बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए। आगलागीपछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।
यस्तै, पूर्वपश्चिम राजमार्गस्थित मोरङको सुन्दरहरैचामा भेटिएको विष्फोटक पदार्थ डिस्पोज गरिएको छ । सुन्दरहरैचा ४ र ५ नम्वर वडास्थित महेन्द्रराजमार्गको बीचभागमा राखिएको सो विस्फोटक पदार्थ मोरङ थलाहस्थित नेपाली सेनाको ब्यारेकबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम भनेर आतंक मच्चाउन राखिएको सो वस्तु सामान्य किसिमको घरेलु सामाग्रीबाट निर्मित विस्फोटक पदार्थ रहेको सेनाले जनाएको छ । सो विस्फोटक पदार्थका कारण दुई घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।
यता तनहुँमा आइतबार बिहानै कुकर बम भेटिएको छ । पृथ्वी राजमार्गस्थित व्यास नगरपालिका ३ र ५ जोड्ने मादीको पुलको बिच भागमा कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । मल्लका अनुसार झोलामा कुकर देखिएको छ, उक्त बम राखिएको क्षेत्रमा प्रहरी र आर्मीका सुरक्षाकर्मीले सर्वसाधारणलाई आवातजावतमा रोक लगाएको छ ।
पुलको बीच भागमा झोलामा राखिएको कुकर बम डिस्पोज गर्न आर्मीका डिस्पोजल टोली आउदै छन । मल्लले भने त्यसैले जिल्लाका अन्य भागमा सुरक्षा कडा पारिएको छ ।पाल्पा सदरमुकाम तानसेनमा आइतबार एकाबिहानै बम विस्फोट भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्तीभन्दा माथि बम विस्फोट भएको हो ।
बिहान पौने ५ बजे भएको बम विस्फोटका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । ठूलो आवाजमा बम विस्फोट भएपछि स्थानीय आतकित हुँदै घरबाहिर निस्केका थिए । विस्फोटक पदार्थ प्रेसरकुकर बम भएको प्रहरीको अनुमान छ । के विष्फोट भएको हो भन्ने पत्ता लागेको छैनु, जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले भने ।
नेत्रबहादुर चन्द ुविप्लवु नेतृत्वको नेकपाले आह्वान गरेको बन्दले पाल्पाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन्। शैक्षिक संस्था, बजारपसल सबै ठप्प छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...