काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले शाखा कार्यालयको उद्घघाटन गरेका थिए ।
शाखा उद्घघाटन गर्दै अध्यक्ष खड्काले प्रदेश १ का ग्रामीण तथा शहरी संभावित बजार क्षेत्रमा अन्य शाखा खोल्न सुझाव समेत दिएका छन् । कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएको बताए ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी दिएकी थिइन् ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...