काठमाडौं । आगामी बजेटबाट जीवन बीमाको आयकर छुटको दायरा बढाउन बैंकरहरुले सरकारसँग अपिल गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले आगामी आर्थिक बर्षको बजेट निर्माणमा लागिरहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई २० हजारको सीमालाई बढाएर ५० हजार पु¥याउन सुझाव दिएको छ ।
२० हजार रुपैयाँको सीमा निक्कै पुरानो भइसकेको र त्यसलाई समय सान्दर्भिक बनाउनका लागि ५० हजारसम्म पु¥याउन संघले माग गरेको संघका अध्यक्षले बताए ।
बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको कर्पोरेट आय करको सीमालाई घटाउनसमेत माग गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठनले पनि यो सीमा घटाउन माग गरिसकेको छ । संघले ३० प्रतिशतको करलाई २५ प्रतिशतमा झार्न माग गरेको हो ।
खतिवडा गभर्नर हुँदा उनले पनि अर्थमन्त्रालयलाई सीमा ३० बाट २५ प्रतिशतमा झार्न लिखित सुझाव दिएक थिए । अहिले १०० रुपैयाँको निक्षेपममा कर्जा तथा निक्षेप सुरक्षण कोषलाई २० पैसा प्रिमियम तिर्नुपर्छ । यसलाई ५० प्रतिशतले घटाएर १० पैसामा झार्न संघले माग गरेका थिए । संघले आय कर लाग्ने सीमा बढाउन पनि माग गरेको छ । संघले छुट रकमभन्दा माथिको एक लाख रुपैयाँसम्म १० प्रतिशत र १० लाखसम्ममा १५ प्रतिशत कर लगाउन अर्थमन्त्रीलाई सुझाएका छन् । २५ लाखसम्म २५ प्रतिशत र एक करोडभन्दा बढि आयमा ३५ प्रतिशत कर लगाउन पनि माग गरेको छ ।
संघले घरजग्गाको कारोबारमा रजिष्ट्रेशन र दृष्टीबन्धक एकै दिनमा गर्न सकिने ब्यवस्था मिलाउनसमेत अर्थमन्त्रीलाई सुझाएका छन् । संघले बैंक तथा वित्तीय संस्थाले ऋण असुलीको क्रममा सकार गर्ने गैरबैंकिङ सम्पतिमा पूँजीगत लाभ कर नलगाउन पनि सुझाव दिएको छ । कुनै पनि ब्यक्तिले पहिलो घर निर्माण तथा खरीद गर्दा बैंकबाट ऋण लिएको भएमा त्यसको ब्याज रकमलाई आफ्नो आय विवरणमा खर्च लेख्न पाउनु पर्ने मागसमेत संघले गरेको छ ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...