एमाले र माओवादी एकतापछि को छाडिए को छानिए ?÷धेरैलाई पछि पार्दै पौडेल भए महासचिव – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

एमाले र माओवादी एकतापछि को छाडिए को छानिए ?÷धेरैलाई पछि पार्दै पौडेल भए महासचिव

पाइटल ओली, को–पाइलट प्रचण्ड

काठमाडौं ः नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासँगै दुवै पार्टीका अध्यक्षहरु क्रमश केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड जति खुसी छन्, बरिष्ठ नेताहरु भने त्यति नै निरास भएका छन् । पार्टी एकताको नाममा दुवै पार्टीका अध्यक्षहरुले आफ्ना विरोधी र फरक बिचार राख्ने नेताको घटुवा गरेका छन् । ओलीले एमालेको पुराना नेताहरुलाई त घटुवा पनि गरेका छन् । ओलीले एमाले उपमहासचिव विष्णु पौडेललाई महासचिव बनाएर अन्य उपाध्यक्षहरुलाई भने घटुवा गरेका छन् ।

 

ओलीले पार्टीका उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल र युवराज ज्ञावली तथा संसदीय दलका उपनेता समेत रहेको पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङलाई सचिवालय सदस्यमा ल्याएका छैनन् । तर उनले उपमहासचिव विष्णु पौडेललाई भने शक्तिशाली र एकीककृत नेकपाको महासचिव जस्तो महत्वपूर्ण र प्रभावशाली पद दिएर गुन लगाएका छन् । मानका खातिर मान भने झैं ओलीले एमालेबाट एकीकृत पार्टीमा झलनाथ खनाललाई बरिष्ठ नेतामा राखेका छन भने बामदेव गौतमको मुख बुझो लगाउन सचिवालय सदस्यमा राखेका छन् ।
ओलीले यसअघि नै आफूभन्दा बरिष्ठ नेताहरुलाई पन्छाई सकेका छन् । भरतमोहन अधिकारी पार्टीमा भए पनि निष्क्रिय छन भने अमृत बोहोरालाई अनुशासन आयोगको अध्यक्षमा थन्क्याइ दिएका छन् । आफ्नो गुटलाइ साथ नदिए पछि प्रदीप नेपाललाई गत महाधिवेसनमा थन्काई दिएका ओलीले अब माधव नेपाललाई मात्र प्रतिष्र्धाबाट अलग गर्ने रणनीति बनाएका छन् । ओलीले आफ्ना अनुचर बाहेक स्वभिमानको कुरा गर्ने मोहनचन्द्र अधिकारी, मोदनाथ –प्रश्रितलाई पनि पाखा लगाई सकेका छन् । आफ्ना बालसखा सीपी मैनाली र राजनीतिका सहयात्री राधाकृष्ण मैनालीलाई पार्टी भित्रै ठाउँ दिएका छैनन् । मदन भण्डारीका बिश्वास पात्र भनेर चिनिएका असोक राईले पार्टी नै परित्याग गरिसकेको अवस्थामा ओलीले पार्टी भित्रैबाट आफूलाई असहयोग गर्ने भूमिकामा रहेको भनेर पहिचान गर्दै एकपछि अर्कोलाई राजनीतिबाट पाखा लगाउँदै आएका छन् ।
ओलीले उपाध्यक्षमा निर्वाचित लडेर जितेकी अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३ को मुख्य मन्त्री बनाउने भन्दै प्रदेश सभा सांसद उठाएका थिए । तर उनलाई पछि मुख्य मन्त्री दिइएन । त्यस्तै, ओलीको समर्थक नबनेका राजेन्द्र पाण्डेलाई समेत ओलीले मुख्य मन्त्री बनाउने भन्दै प्रदेश सभा सांसद बनाएका थिए ।
अहिले पार्टी एकताको नाममा ओलीले लोकप्रिय मत ल्याएर उपाध्यक्ष भएका भिम रावल र अर्का उपाध्यक्ष युवराज ज्ञवलीलाई सचिवालयमा समेत स्थान नदिए आफ्नो गुटको सहयोगी भूमिका खेलेका बिष्णु पौडेललाई महासचिव बनाएका हुन् । २०४३ सालदेखि नै ओलीलाई साथ दिँदै आएका पौडेलले माओवादीसँग पार्टी एकता गर्नको लागि माओवादी अध्यक्ष प्रचण्डलाई मिलाउने उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै महासचिवबाट पुरस्कृत गरेका हुन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्यमा केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहेका छन् । माओवादीबाट भने पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र एकजनाको नाम टुंगो लगाउन बाँकी रहेको छ । ९ सदस्यीय सचिवालय गठन हुने सहमति दुवै पार्टीले यसअघि नै गरिसकेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्यहरू ४३ सदस्यीय हुने भएको छ । समितिमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने सहमति यसअघि नै भइसकेको थियो । एमालेबाट नयाँ पार्टी नेकपाको स्थायी समितिमा रहने नेताहरूमा केपी शर्मा ओली, झापा, झलनाथ खनाल, इलाम, माधवकुमार नेपाल, रौतहट, वामदेव गौतम, बर्दिया, सुवासचन्द्र नेम्वाङ, इलाम, भीम रावल, अछाम, युवराज ज्ञवाली, दाङ, अष्टलक्ष्मी शाक्य, काठमाडौं, ईश्वर पोखरेल, काठमाडौं, विष्णु पौडेल, रुपन्देही, घनश्याम भुसाल, रुपन्देही, प्रदिप ज्ञवाली, गुल्मी, भीम आचार्य, सुनसरी, पृथ्वी सुब्बा गुरुङ, लमजुङ, गोकर्ण विष्ट, गुल्मी, योगेश भट्टराई, ताप्लेजुङ, शंकर पोखरेल, दाङ, मुकुन्द नेउपाने, बारा, सुरेन्द्र पाण्डे, चितवन, छविलाल विश्वकर्मा, रुपन्देही, सत्यनारायण मण्डल, सप्तरी, किरण गुरुङ, तनहुँ, अमृत बोहरा, सिन्धुपाल्चोक, केशव बडाल, काभ्रे, सोमनाथ अधिकारी प्यासी रहेका छन् ।
माओवादी केन्द्रबाट नेकपामा रहने १८ नेतामा
पुष्पकमल दाहाल प्रचण्ड, चितवन, नारायणकाजी श्रेष्ठ ,गोरखा, रामबहादुर थापा बादल, चितवन, टोपबहादुर रायमाझी, अर्घाखाँची, अमिक शेरचन, चितवन, जनार्दन शर्मा, पश्चिम रुकुम, वर्षमान पुन, रोल्पा, देवप्रसाद गुरुङ, लमजुङ, पम्फा भुसाल, ललितपुर, गिरिराजमणि पोखरेल, महोत्तरी, मातृकाप्रसाद यादव, धनुषा, अग्नि सापकोटा, सिन्धुपाल्चोक, ओनसरी घर्ती, रोल्पा, लेखराज भट्ट, कैलाली, शक्ति बस्नेत, जाजरकोट, हरिबोल गजुरेल, सिन्धुली, लिलामणि पोखरेल, काठमाडौ र राम कार्की ,झापा रहेका छन् ।
विगतमा पार्टी टेम्पो जस्तो भएकोले एउटै ड्राईभर भएको र दुई पार्टी मिल्ने बित्तिकै बोइङ भएकोले बोइङ उडाउन दुई जना पाईलट चाहिएको बताउने प्रधानमन्त्री समेत रहेका नवगठीत नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनका अध्यक्ष केपी शर्माले ओलीले बताएका थिए । उनले पार्टी बोइङ जस्तै ठूलो आकारको भएकोले दुवै जना अध्यक्ष भएको तर्क गरे पनि संसदीय दलको नेता भने आफू मात्रै बनेका छन् । संसदीय दलको नेतामा ओली छानिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने को पाईलट हुने निश्चित भएको छ ।
पार्टीको नाम दर्ता गर्न आयोगलाई धम्की
ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा पहिले नै दर्ता भए पनि एमाले र माओवादीका नेताको आग्रह, धम्की र दबाब पछि निर्वाचन आयोगले त्यही नामको मुनि धर्का तानेर नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगका कर्मचारीहरुले सोही नाममा अर्को पार्टीको नाम दर्ता भएको जनाए पनि एमाले माओवादीका नेताहरुले आयोगका आयुक्त र कर्मचारीलाई धम्क्याएर सोही नाममा अर्को पार्टी दर्ता गराएका हुन् ।
सोही नामको मुनी धर्का तानेर अर्को पार्टी दर्ता गर्न नमाने आयुक्तको जागिर खाईदिने धम्की प्रधानमन्त्रीको सचिवालयबाटै आएपछि आयोग निरिह भएर नेपाल कम्युनिष्ट पार्टीको नाममा तल अण्डरलाईन अर्थात धर्का तानेर दर्ता भएको थियो । भोलीका दिनमा कसैले राप्रपा वा कांग्रेसको मुनी धर्का तानेर अर्को पार्टी दर्ता गर्न आए के गर्ने ? भन्ने बिषयले आयोगका आयुक्त र कर्मचारीलाई पिरोलेको छ । यसले गलत नजिर दिन सक्ने भन्दै कानन व्यवसायिहरुले पनि असन्तुष्टी जनाएका छन् ।
एउटै नाममा दुई पार्टी गठन गरेको नेपालको इतिहासमा मात्र नभएर विश्वमै यो पहिलो घटना हो । अब ओली र प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो नामको मुनी धर्का मात्र होइन, नेकपा अण्डरलाई भन्नु पर्ने अवस्था आउन सक्छ । न्याय कार्यालयले प्रश्न उठाएमा पार्टीले नाम परिवर्तन गर्नु पर्ने वाध्यता आईलाग्न सक्छ । नेकपाको मुनी अण्डरलाईन अर्थात धर्का तानेर पार्टी दर्ता गराउने उपायको नेतृत्व पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले गरेका हुन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ ७, ०५: ३२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ ७, ०५: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ ७, ०५: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...