नेपालको राजनीतिमा दुई धारबाट राजनीति गर्दै आएका दुई वटा कम्युनिष्ट पार्टीको एकताको खाँका कसरी तयार भयो ?
छोटकरीमा भन्ने हो भने एकताको सन्दर्भमा मुख्य रुपमा दुईवटा अध्यक्षलाई के गर्ने भन्ने एउटा ठूलो समस्या थियो । सुरुमा दुईवटै अध्यक्षलाई सहअध्यक्षको रुपमा राख्ने र आलोपालो बैठकको अध्यक्षता गर्ने भन्ने रहेको थियो । तर त्यो पनि सम्भव नभएपछि जुनबेला जुन व्यक्तिले अध्यक्षता गर्नुहुन्छ, त्यही व्यक्ति पहिलो नेता हुनेगरी दुइवटा अध्यक्षहरुको व्यवस्थापन गरिएको हो । अहिले दुईवटा अध्यक्षहरुले पालैपालो अध्यक्षता गर्नुहुने छ । महाअधिवेशन अगाडी यहीअनुसारको संरचनाले पार्टीलाई अगाडी बढाउने तय भएकोले महाअधिवेशन पछिको अध्यक्ष को हुने भन्ने कुरा महाअधिवेशनले निर्णय गर्ने भएको हुनाले त्यस सम्बन्धि अहिले केही गर्नु परेन । त्यसैगरी अर्को एउटा ठूलो समस्या थियो, जनताको बहुदलिय जनवाद र माओवादीको २१औं शताब्दीको जनवादलाई कसरी सम्बोधन गर्ने भन्ने लामो छलफल पछि के निश्कर्षमा पुगियो भने जनताको बहुदलीय जनवाद २१औं शताब्दीको जनवाद र माओवादलाई महाअधिवेशनसम्म छलफलको विषय बनाएर लैजाने भन्ने सहमति अनुसार अन्तर पार्टी बहसको विषय बनाउने र अन्तिममा के गर्नुपर्ने हो त्यो महाअधिवेशनले नै टुङ्गो लगाउने गरी त्यो समस्याको समाधान गरिएको छ । महाअधिवेशनसम्मको लागि माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर जाने भन्ने व्यवस्था गरिएको छ । यो सबैभन्दा ठूलो समस्या थियो । यसको समाधान भैसकेको छ । अरु बाँकी चाँहि केन्द्रीय कमिटि कसरी मिलाउने यसमा चाँहि धेरै लामो छलफल लिएर टुङ्गोमा पुगिएको हो ।
माओवादी केन्द्रमा पाँच हजार केन्द्रीय सदस्यहरु छन् भन्ने छ नी कसरी समायोजन गर्नुहुन्छ ?
यही कुरामा धेरै लामो छलफल भयो । यो ढिलो हुनमा महत्वपूर्ण कारण यो पनि थियो । त्यसलाई हामीले योग्यता, क्षमताको आधारमा जाने र नेकपा एमालेको तर्फबाट २४१ जना र माओवादी केन्द्रको तर्फबाट बाँकी २०० जना गरेर जम्माजम्मी ४४१ जनाको केन्द्रीय कमिति बनाउने र स्थायी कमिटिमा एमालेको तर्फबाट २५ जना र माओवादी केन्द्रको तर्फबाट १८ जना गरी ४३ जनाको स्थायी कमिटि बनाउने भन्ने टुंगोमा पुगिएको छ । अहिले पोलिटब्युरोको बारेमा कुनै निर्णय भएको छैन ।
अहिलेनै पोलिटब्युरोको बारेमा तपाईहरुले किन निर्णय गर्न सक्नुभएन त ?
पोलिटब्यूरोको बारेमा पछि निर्णय गर्ने अहिले केन्द्रीय कमिटि र स्थायी कमिटिको जुन खालको अंक छ, त्यसलाई मान्ने भन्ने हो । यो आधारमा नै पोलिटब्यूरो बनाउन सकिने सहमति भएको छ । अहिलेको लागि हामीले अन्तरिम विधान बनाएका छौं, त्यसमा केन्द्रीय कमिटि, पोलिटब्यूरो र स्थायी कमिटि भनेर नै त्यहाँ उल्लेख गरिएको छ । त्यसो भएको हुनाले विधान बमोजिम हामीले महाअधिवेशन अगाडी नै पोलिटब्यूरो बनाउनुपर्ने छ । कहिले बनाउने भन्ने कुरा पछि निर्णय हुन्छ ।
त्यसोभए पोलिटब्यूरोमा भागवण्डा नमिलेको हो त ?
पोलिटब्यूरोमा भागवण्डा नमिलेको भन्दा पनि अलिकति अभ्यास गर्नुपर्ने भएका कारण समय अभाव भन्ने छ । यो मिलिहाल्छ यसमा ठूलो समस्या छैन । किनकी केन्द्रीय कमिटि र स्थायी कमिटिको संख्था टुङ्गो लगाइसकेपछि पोलिटब्यूरोको संख्या यसै पनि टुङ्गो लाग्छ । त्यसमा ठूलो समस्या छैन । यसरी नै यो पार्टी एकता गर्ने भन्ने निर्णय भएको थियो । बिहिबार बालुवाटारमा एकता संयोजन समितिको बैठकले सबै कुराको निर्णय गरेको हो । त्यहीअनुसार बिहिबारै साँझ राष्ट्रिय सभा गृहमा पार्टी एकताको घोषणा भएको हो ।
पार्टी एकतापछि महाधिवेशन २ वर्षभित्रमा हुन सक्छ त ?
दुई वर्ष भित्रत्रमा एकताको महाअधिवेशन गर्नेछौ । त्यो महाअधिवेशनले सहमतिको आधारमा नेतृत्वको चयन गर्ने भन्ने कुरा भएको छ ।
उसोभए सहमतिको आधारमा महाअधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउने समझदारी तय भएको हो ?
यस सन्दर्भमा कुनै समझदारी बनेकै छैन । तपाइले सुन्नु भएको छ भने त्यो गलत हो । महाअधिवेशन पछिको अध्यक्ष को बन्ने त्यति बेलानै तय हुन्छ । त्यसबारेमा अहिले कुनै चर्चा परिचर्चा केही निर्णय गर्ने कुरा भएको छैन । तबसम्मको लागि दुई जनाले क्रमशः आलोपालो केन्द्रीय कमिटिको पोेलिटब्यूरो र स्थायी कमिटिको अध्यक्षता गर्ने भन्ने कुरा भएको छ । महाअधिवेशन पछिको नेतृत्वको बारेमा कुनै समझदारी केही पनि भएको छैन् । तपाईलाई प्रष्ट रुपमा के बताउ भने महाअधिवेशनपछि को के बन्ने त्यस बारेमा कुनै पनि निर्णय सहमति केही पनि भएको छैन । अहिले भएको सहमति अनुसार चाँही पार्टीको अध्यक्षमा आलोपालो गर्ने निर्णय भएको छ । महाअधिवेशनसम्म सैद्धान्तिक बहस छलफल घनिभुत रुपमा चल्छ । एकले अर्कालाई कन्भिन्स गर्ने कुरा हुन्छ र महाधिवेशनले यी जम्मै कुराको टुङ्गो लगाउँछ ।
उसो भए अहिलेको सिद्धान्त माक्र्सवाद र लेनिनबाद मात्र हुने भयो हैन त ?
अहिले माक्र्सवाद लेनिनवाद मात्रै रहन्छ । माओवाद र जनताको बहुदलिय जनवाद छलफलमा जान्छ । त्यसबारे महाधिवेशनले मात्रै अन्तिम फैसला गर्छ । तबसम्म छलफल बहस गर्छौ । त्यसपछि महाअधिवेशनले टुङ्गो लगाउँछ र त्यही अनुसार अगाडी बढ्छौं ।
पार्टी एकताको लागि बामदेव गौतमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा छ नी ?
पार्टी एकताको सन्दर्भमा विभिन्न नेताहरुले विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । सबै नेताहरुको प्रयासबाट यो निश्कर्षमा पुगिएको हो । विभिन्न व्यक्तिहरुले विभिन्न कालखण्डमा विभिन्न समयमा कतिपय बेला अत्यन्त जोखिम मोलेर पनि दुई पार्टीलाई एउटै ठाउँमा ल्याउने र मुलुकको राजनीतिलाई अगाडी बढाउनमा भूमिका खेल्नु भएको छ । अब पछिल्लो कालमा आएर चाँहि पार्टी स्थायी कमिटिले प्रचण्डसँग वार्ता गर्नको लागी बामदेव गौतमलाई जिम्मा दिएको हो । त्यसमा उहाँको अवश्य पनि महत्वपूर्ण भूमिका छ तर मुख्य भूमिका अध्यक्षकै हो भन्ने लाग्छ ।
एमाले र माओवादी एकता हुनुमा कुन कुन नेताहरुको भूमिका देख्नुहुन्छ ?
स्वभाविक रुपमा अध्यक्षको हैसियतले के.पी शर्मा ओलीको भूमिका प्रमुख नै रह्यो भन्ने लाग्छ । त्यसमा माधव कुमार नेपाल, बामदेव गौतम लगायतका विभिन्न नेताहरुले विभिन्न समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । निश्चित रुपमा एकता हुन्छ भनेर मैले धेरै पहिला नै भनेको थिए । यो कुरा आज आएर पुरा भयो ।
पार्टी एकताको कुरा गर्दाखेरी पार्टी एकता चाहने धेरै र नचाहने कम थिए भन्ने चर्चा थियो नि ?
होइन, होइन, सबै एकता चाहन्थे र सबै खुसी चाहन्थे । सबैमा उल्लास, उत्साहमय वातावरण छ । अहिले हामी सबै स्थायी कमिटिको सदस्य छौं । झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम देखि लिएर हामी सबै स्थायी कमिटिको सदस्य छौं । पदाधिकारीमा दुईवटा अध्यक्ष मात्र हुनुहन्छ । अरु सबै स्थायी कमिटिको सदस्य छौं । महाअधिवेशन भन्दा यता चाँहि पदाधिकारी रहन्न । पार्टीमा स्थायी कमिटिको पनि भूमिका हुन्छ । उहाँहरु दुई जना मात्र होइन । अहिले स्थायी कमिटि चाँहि अत्याधिक क्रियाशिल रहन्छ । स्वभाविक रुपमा दुईवटा अध्यक्षको भूमिका महत्वपूर्ण हुने नै छ । अहिले एमाले पार्टी भित्रको मात्र कुरा गर्ने हो भने पनि प्रदेश सदस्य सहित गरेर २६ जना यो स्थायी कमिटिमा रहने छन् ।
अन्त्यमा यहाँले सरकारको तीन महिनाको कार्यकाललाई कसरी हेर्नुभएको छ ?
एउटा महत्वपूर्ण कुरा पार्टी एकताको कुरा थियो, त्यो कुरा पुरा भएको छ । नीति, कार्यक्रम र बजेटको बारेमा छलफल भइरहेको छ । साथसाथै यो बीचमा दुईवटा देशका प्रधानमन्त्रीको एक आपसमा नेपाल र भारत भ्रमण पनि भएको छ । यो भ्रमणले ठूलो उपलब्धी भएको छ । साथसाथै अरु तमाम कामहरुको लागि एउटा आधार तयार भइरहेको छ । सकारात्मक दिशातर्फ मुलुक जाने एकदमै राम्रो सम्भावना देखा परेको छ । विभिन्न चुनौतिहरु छन् । जनताका विभिन्न समस्याहरु छन् ति चुनौति र समस्या समाधान गर्नका लागि अब यो पार्टी गम्भीर रुपमा लाग्छ । जनताले खोजेको परिणामहरु अब एक–एक गर्दै देखा पर्दै गर्दै जानेछन् । अन्तमा तपाईको लोकप्रिय नयाँ विकल्प साप्ताहिक पत्रिकामार्फत नेपाल कम्युनिष्ट पार्टी गठन भए लगत्तै मेरा विचार जनताको बीच पु¥याउने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.