ललितपुर । नेपाली काँग्रेस ललितपुरले निर्वाचनका बेलामा पार्र्टीलाई अन्तर्घात गरी विपक्षीहरुसंग साँठगाँठ गरेको आरोप लागेका काँग्रेसका नेता तथा कार्यकर्तालाई दमन गर्ने उदेश्यले ललितपुर कांग्रेसका सभापति मदन अमात्यले कार्वाही गरेका छन् ।
उनले ति नेताहरुलाई पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउन मातहतका समितिलाई निर्देशन दिएका छन । उनको निर्देशन निरंकुस भएको भन्दै ललितपुर कांग्रेसका नेताहरुले कारबाही गरेर देखाउन चेतावनी समेत दिएका छन् ।
ललितपुरको क्षेत्र नम्बर १, २ र ३ का संघीय संसदका उम्मेदवारहरुले लिखित रुपमा पेश गरेको कार्वाहीको मागको पत्र, जिल्ला अनुशासन समितिको सिफारिस तथा जिल्ला कार्य समितिबाट अनुमोदन गरिएकाले कार्वाहीमा परेकालाई पदीय जिम्मेवारीका रुपमा कुनै पनि काम कार्वाही नगर्न नगराउन ललितपुर काँग्रेसले सूचित गरेको छ ।
कारबाहीमा पर्ने ललितपुर कांग्रेसका नेताहरु
१, ओमकार प्रसाद श्रेष्ठ, महासमिति सदस्य
२, रामकृष्ण चित्रकार, महासमिति सदस्य
३, जितेन्द्र कुमार श्रेष्ठ, महासमिति सदस्य
४, प्रमोद शर्मा, महासमिति सदस्य
५, कबेलबहादुर लामा, महाधिवेशन प्रतिनिधि
६, भरतलाल न्याछयों, महाधिवेशन प्रतिनिधि
७, विकास कुमार रोक्का, महाधिवेशन प्रतिनिधि
८, निरु खड्का, नेपाल महिला संघ, केन्द्रीय सदस्य
९, गोकुल खड्का क्षेत्रीय अधिवेशन प्रतिनिधि
१०, माधव खड्का, जिल्ला सदस्य
११, केसव नापित, जिल्ला सदस्य
१२, सुरेन्द्र लाल श्रेष्ठ, जिल्ला सदस्य
१३, महेश खड्का, क्षेत्रीय सभापति
१४, गणेश सिल्वाल, चुनाव प्रचारप्रसार समिति संयोजक
१५, यत्र नेम्कुल, क्षेत्रीय उपसभापति
१६, राजेन्द्र केसी, क्षेत्रिय अधिवेशन प्रतिनिधि
१७, उद्धव बानिया, क्रियाशिल सदस्य
१८, रवि केसी, क्रियाशिल सदस्य
१९, राजकुमार बस्नेत, क्रियाशिल सदस्य
२०, शिवराम खत्री, क्रियाशिल सदस्य
२१, विजया थापा कुँवर, क्रियाशिल सदस्य
२२, राजेन्द्र प्रसाद पौडेल, महालक्ष्मी नगर समिति सचिव
२३, शशी श्रेष्ठ, क्षेत्रीय अधिवेशन प्रतिनिधि
२४, रामबहादुर लामा, निर्वाचित वडा सदस्य वाग्मती ५
२५, कृष्ण गोपाल महर्जन, क्रियाशिल सदस्य
२६, बालकृष्ण विष्ट, क्षेत्रिय अधिवेशन प्रतिनिधि
२७, शैलेन्द्र विष्ट, क्रियाशिल सदस्य
अधिकांश कार्वाहीमा पर्नेहरु आफ्ना पार्टीका उम्मेदवार हराउन सूर्यमा भोट माग्नेहरु रहेको आरोप लगाइएको छ । बाम गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नेहरु पनि यसका रहेको भनिए पनि आफ्ना बिरोधी र प्रतिष्पर्धीलाई ठेगान लगाउन अमात्यले यस्तो नीति लिएको नेता रामकृष्ण चित्रकारले वताए । अमात्यको व्यक्तिबादी र निरंकुस चरित्र तथा व्यवहारले उनी चुनाव हारेकोले यही मौका हो भन्ने उदेश्यले कारबाही गर्न सिफारिस गरेको हुनसक्ने अधिकांसको अनुमान छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...