चार सय प्रहरी निरीक्षकको सरुवा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

चार सय प्रहरी निरीक्षकको सरुवा

काठमाडौं । नेपाल प्रहरीले चार सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ । सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब–भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था मिलाउन प्रधान कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गत असार ३१ गते दरखास्त आह्वान गरेको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा पनि शुक्रबार नै प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले ९१ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिकको सूचीमा राखेको छ ।

नियुक्तिका लागि सिफारिस गरिएकाहरुलाई उसले जेठ २७ गते बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा सहभागी हुनेसमेत सूचित गरेको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ १४, ०८: ४४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ १४, ०८: ४४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ १४, ०८: ४४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...