काठमाडौं । नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघको असन्तुष्ट पक्षले सरकार र पार्टी नेतृत्व त्यसमा पनि सभापति शेरबहादुर देउवाविरुद्ध शुक्रबार दिउँसो बिरोध प्रदर्शन गर्यो।
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको असन्तुष्ट पक्षको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको विरोधमा निस्केको जुलुसको नेतृत्व नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले र मनोज मणि आचार्यले गरेका थिए । विरोध सभामा नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा, काठमाडौं सभापति मनोज वैद्यलगायतले सम्बोधन गरेका थिए ।
कांग्रेस र नेविसंघको झण्डासहित उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।
आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा लगाएका थिए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...