काठमाडौँ । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि भागाभाग मच्चिएको छ । अदालतको सबै इजलास खाली गराइएको सर्वोच्चका सहरजिष्टार नारायण पन्थीले बताए । अज्ञात व्यक्तिले पन्थीलाई फोन गर्दै सर्वोच्चमा बम राखेको बताए पछि सर्वोच्च खाली गराइएको हो ।
बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् । सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।
सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो । लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए ।
तर, खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले अनलाइनखबरलाई बताए ।फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु जनाइएको छ । यसअघि अदालतका सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि...