काठमाडौं । सरकारले बालकृष्ण ढुंगेललाई गणतन्त्रको दिन पारेर आम माफि दिएपछि ढुंगेल जेलमुक्त भएका छन् । ढुंगेल जेलमुक्त पश्चात राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

सरकार पक्षले ढुंगेललाई बचाउ गरिरहेको छ भने विपक्षीले आफ्ना भातृ तथा शुभेच्छुक संस्थालाई सडकमा उतार्न थालेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा गत शुक्रबार धर्ना दिएका छन् ।

उक्त धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाल महिला संघ पुन आन्दोलनको तयारीमा जुट्न लागेको एक सदस्यले नयाँ विकल्प डटकमलाई बताए । शुक्रबार भएको धर्ना कार्यक्रममा पुरुष प्रहरी र महिला नेतृहरुबीच हात हालाहाल हुँदा प्रहरी महिला संघको व्यानर समेत खोसेर लगेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...