नवलपुर । मंसिर २१ गते हुने दोश्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं २ ले आफ्नो चुनावी अभियान आरम्भ गरेको छ प्रतिनिधि सभा क्षेत्र नं २ का लागी बिष्णु कार्कीको उम्मेदवारी सर्वसम्मत भएपछि पहिले देखि नै उक्त क्षेत्रमा चुनावी चहलपहल सुरु भएको छ । हुप्सेकोटमा आयोजित नवलपुर कांग्रेसको भेलासँगै नवलपुर प्रतिनिधीसभा क्षेत्र नं २ ९ बिष्णु कार्की ० र प्रदेशसभा क्षेत्र नं २ ९ बिष्णु लामिछाने ० चुनावी कार्यक्रम सुरु भएको हो ।
सो अवसरमा डाडापारी, हुप्सेकोटको भेगबाट एमाले र माओवादीका १ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कार्यक्रम संयोजकले जानकारी दिए । नवप्रवेशी कार्यकर्तालाई प्रतिनिधीसभा क्षेत्र नं २ का उम्मेदवार बिष्णु कार्की तथा जिल्ला सभापती एवं प्रदेश सभा नं २ का उम्मेदवार बिष्णु लामिछानेले अबिर तथा खादा लगाई स्वागत गरेका थिए ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि...