आरजुका अन्तरघातीलाई कारबाही गर्न दबाब, केन्द्रिय समिति निष्कृय – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

आरजुका अन्तरघातीलाई कारबाही गर्न दबाब, केन्द्रिय समिति निष्कृय

कैलालीका २० कांग्रेसलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काइछाड्न अन्तरघात गर्नेहरुलाई कारबाही गर्ने भनी घोषणा गरेको एक दिन नबित्तै पूर्वराज्यमन्त्री पुस्करनाथ ओझासहित २० जनालाई कारबाही गर्न सिफारिस गरिएको छ । एक बर्षअघि भएको स्थानीय तहको निर्वाचन र गत मंसिर १० र २१ गते भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय पार्टीले गरेपछि गत महिना बसेको केन्द्रीय कार्य समिति बैठकपछि अनुशासन आयोग नै निष्कृय बनेका छन् ।

केन्द्रीय कार्य समितिको अपुरो, अधुरो निर्णय र समिति संयोजक रमेश रिजालले राजिनामा नदिई निष्कृय बसीरहेका छन् । पार्टी सहमहामन्त्रीको आकांक्षी रिजाल सभापति देउवासँग असन्तुष्ट भएपछि अनुसासन समिति नै निष्कृय भएको समिति सदस्यहरु हृदयराम थानी र उमाकान्त चौधरी बताउँछन् । अनुसाशन समितिको बैठक विगत ६ महिनादेखि भएको छैन ।

तर सात नम्बर प्रदेशका विभिन्न जिल्लामा कांग्रेस कार्यकर्ता भेटघाटमा लागेका देउवाले शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा अन्तरघातिलाई छोड्दिन भनेको भोलीपल्टै क्षेत्रीय सभापति र उपमहानगर सभापतिसहित १० जनाले कारबाहीको लागि सिफारिस गरेका हुन् । सभापति देउवा भने गृह नगर डडेल्धुराका विभिन्न कार्यक्रममा आयोजित कार्यक्रममा सहभागी हुँदा पार्टी भित्रकै नेताहरुलाई आफूलाई भन्दा ओलीलाई आलोचना गर्न आग्रह गरे । उनले आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै ओली सरकारको आलोचना समेत गरिरहेका छन् । सभापति देउवाकी पत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै २० जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट पराजय भएकी राणाको विपक्षमा उभिएको भन्दै धनगढी उपमहानगरपालिका नगरकार्य समिति, निर्वाचन क्षेत्र नम्बर ५ कैलाली क्षेत्रीय कार्यसमिति र निर्वाचन मूल प्रचारप्रसार समितिका वडा संयोजकहरूले जिल्ला समितिमार्फत कारबाहीको माग गरेका हुन् ।

कारबाहीको सिफारिस गर्नेहरुले सभापति देउवा पत्नी आरजुलाई गरिमामय क्षवि र लोकप्रीय व्यक्तिको दाबी पनि गरेका छन् । कारबाहीको लागि २० जनाको नाम सिफारिस गरिएकोमा पहिलो नम्बरमा पार्टीका निवर्तमान सांसद तथा पूर्वराज्य मन्त्री पुष्करनाथ ओझाको नाम रहेको छ । ओझा शेरबहादुर देउवाले डडेल्धुरा रोजेर कैलालीको क्षेत्र नम्बर ६ छोड्दा उपनिर्वाचनमा विजयी भएका थिए । उनलाई देउवा पत्नी राणालाई हराउन भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो । कांग्रेस कैलालीका सचिव पूर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटाको नाम पनि कारवाहीका लागि सिफारिस गरिएको छ ।

उनीहरुले क्षेत्र नम्बर ५ का उप–सभापति कुम्भराज गिरी, नेविसंघका सह–महामन्त्री प्रेम जोशी, धनगढी उपमहानगरपालिका ७ का वडा सभापति देवबहादुर सेठी, धनगढी १९ वार्ड सचिव गंगादत्त जोशी, ३ नम्वर वार्डका क्षेत्रिय प्रतिनिधि सिताराम अवस्थी, १ नम्वर वार्ड सदस्य सुभाष चन्द, वार्ड नं १८ का क्षेत्रिय प्रतिनिधि फूलनारायण भूषाल, तरुण दल वार्ड नं १३ का अध्यक्ष खड्क ओझा, वार्ड नं १३ का क्षेत्रिय प्रतिनिधि भोजराज भट्ट, क्रियाशिल सदस्यहरु विनायक पनेरु, लोकराज अवस्थी, चन्द्रदेव जोशी, भूमिनन्दन ओझा, शिक्षक संघ कैलालीका जिल्ला सदस्य लक्ष्मी ओझा र शिक्षक संघका पूर्व क्षेत्रिय सचिव खेम भट्ट लगायतका नेता तथा कार्यकर्ताको नाम कारवाहीका लागि सिफारिस गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर तथा कांग्रेस नगर समिति सभापति नृप बढ र पूर्वसांसद प्यारेलाल राना सहितले १० जनाले कारबाहीको लागि सिफारिस गरेका छन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ २८, १०: ०८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ २८, १०: ०८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ २८, १०: ०८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...