स्वरोजगारमूलक व्यवसायिक पत्रकारितामा हाम्रो निरन्तरता – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

स्वरोजगारमूलक व्यवसायिक पत्रकारितामा हाम्रो निरन्तरता

नयाँ विकल्प साप्ताहिक पत्रिका प्रकाशन हुन थालेको आज २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गरेको छ । बाल्यकालदेखि मिसन पत्रकारिताबाट लोकतन्त्रप्रति प्रतिबद्ध हुँदै आज हामी तरुण अवस्थासम्म आई पुगेका छौं । लोकतन्त्रको पहरेदारको रुपमा निरन्तर टिकी राख्न विभिन्न आरोह अवरोह खडा हुँदा पनि कहिल्यै विचलित नभै यात्रा जारी राखेका छौं ।

नेपाली पत्रकारिता क्षेत्रमा अविचलित रुपमा व्यवसायिक मर्यादालाई आत्मसाथ गरेको कारणले नै आज हामी स्वरोजगारमूलक व्यवसायिक पत्रकारितामा स्थापित हुन सफल भएका छौं । सुरुका दिनहरुमा मिसन पत्रकारिताबाट अघि बढेका हामी व्यवसायिकता र लोकतन्त्रको पहरेदार हुनबाट कहिल्यै चुकेनौं । विभिन्न राजनैतिक घटनाक्रमले देशमा प्रजातन्त्र कमजोर अस्थिर राजनैतिक स्थितिको सामना गर्दै संक्रमणकाल निम्तियो र नेपाली मिडिया माथि बारम्बार आक्रमण भैइरह्यो ।

तर पनि हामी अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको लडाई लडि रह्यौं । लोकतन्त्रको आधारस्तम्भ नै अभिव्यक्ति स्वतन्त्रता भएको हुँदा जनताको आवाज बुलन्द पार्ने काममा अझ बढी सतर्ककर्ताका साथ हाम्रो कमल अगाडी बढ्दै आयो; र बढीरहेको छ र बढी रहने छ ।
लोकतन्त्रको संस्थागत विकासमा जसरी विपक्षीले सदनमा भूमिका खेली रहेका हुन्छन्, त्यसैगरी हामीले पनि जनता र विपक्षीको आवाज सरकारसम्म पु¥याउने हेतुले काम गरी रहेका हुन्छौं । तर आज खबरदारीको भूमिकामा रही आएको स्वरोजगारमूलक व्यवसायिक पत्रपत्रिकाहरु निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । समयको विकाससँगै साना लगानीका स्वरोजगारमूलक अखबारहरुले थुप्रै चुनौतिहरुको सामना गर्नुपरेको छ । सुरुवाती दिनहरुमा अहिले जस्तो छापा पत्रिका र डिजिटल मिडिया नभएको हुँदा साप्ताहिक पत्रिकाको बजार निकै फराकिलो थियो ।

तर अहिले सीमित स्रोत, साधन, ठूला मिडियाको बजार र विकसित प्रविधिसँग प्रतिस्पर्धा गर्दै स्थायित्व पाउन साप्ताहिक पत्रिकाहरुलाई निकै कठिन छ । जसका कारण कति पत्रिका बन्द हुँदै गएका छन् भने कति जेनतेन प्रकाशित भैइरहेका छन् । तर कुनैपनि सरकारको आँखा यि इतिहास बोकेका, असहज राजनैतिक परिस्थितिलाई सहज वातावरण बनाउन उल्लेखनीय भूमिका खेलेका साना लगानीका अखबारहरुलाई संरक्षण गर्ने काममा ध्यान जान सकेको छैन ।

वर्तमान बहुमत प्राप्त सरकारबाट आशा र भरोसा गरेता पनि यस्ता साना लगानीका अखबारप्रति सरकार निकै उदासिन हुनुले कतै प्रेस जगतलाई नियन्त्रित गर्न खोजेको त होइन; भन्ने प्रश्न चिन्ह खडा भएको छ । तर पनि हामी अविचलित रुपमा निरन्तर लागि रहने नै छौं र लोकतन्त्रको पहरेदार, अभिव्यक्ति स्वतन्त्रताको स्तम्भ, यस नयाँ विकल्प साप्ताहिक पत्रिका पाठक वर्ग, विज्ञापन दाता, शुभ चिन्तक सबैमा हार्दिक आभार प्रकट गर्दै भविष्यमा निडर भएर निरन्तर अघि बढ्न सहयोगको अपेक्षा गर्दछ ।

–प्रकाशक

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार ४, ०९: ४८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार ४, ०९: ४८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार ४, ०९: ४८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...