ट्रेड युनियन कांग्रेसमा संस्थापन पक्ष पराजित – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

ट्रेड युनियन कांग्रेसमा संस्थापन पक्ष पराजित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको समूहको पछिल्लो क्रियाकलाप र गतिबिधिबाट पार्टीका शुभेच्छुक संस्था उनीहरुको पकड र पहुँचबाट फुत्कन थालेका छन् । ४० भन्दा बढी भगिनी संस्था रहेको यो संगठनको संरचना देशब्यापी छ भने ख्याति अन्तराष्ट्रिय स्तरमा छ ।

तर गत मंसिरमा भएको स्थानीय र प्रदेश निर्वाचनको समानुपातिक तर्फ ट्रेड युनियन कांग्रेसबाट एक जनालाई पनि छनोट गर्न सभापति देउवाले अस्वीकार गरेपछि संस्थापन पक्ष संस्थाबाट बढारिएको हो ।
देउवालाई सहयोग गर्दै आएको कृष्णप्रसाद सिटौला गुटले रामचन्द्र पौडेल गुटसँग सहकार्य गरेपछि संस्थापन पक्ष बढारिएको हो ।

अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिव तीन जना, उपाध्यक्ष ६ जना, उपमहासचिव ६ जना र कोषाध्यक्ष तथा सहकोषाध्यक्ष गरी १७ जना पदाधिकारीमा सबै पदमा पौडेल सिटौला गुटले जित हात पारेको हो । केन्द्रीय सदस्य २४ पदमा भने पौडेल सिटौला पक्षले २३ जनालाई बिजयी बनाउन सफल भएको छ । खुल्ला केन्द्रीय सदस्य उठेका पौडेल सिटौला पक्षधर प्रमोद प्रसाद जोशी पराजित भएका थिए भने देउवा पक्षधर धु्रवचन्द्र गौतम भने जितेका छन् । अघिल्लो महाधिवेशनमा महासचिवमा ६ मतले पराजित गौतम चौथो महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

संगठनको अध्यक्षमा पुस्कर आचार्य ८ सय १८ मत ल्याएर बिजयी भए भने देउवा समूहका अध्यक्षका प्रत्यासी खिलानाथ दाहालले ५ सय ३३ मत ल्याएका थिए । बरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादब, उपाध्यक्षमा तेजेनद्रजंग कार्की, अजयकुमार राई, इन्दिरा सापकोटा, नेत्रबिक्रम थापा, ललित श्रेष्ठ, आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर बिजयी भएका छन् ।

उपमहासचिवमा गणेशबहादुर केसी, ज्योति कोइराला, राधिका कुइँकेल, सिताराम अवस्थी, राजेश पालिखे र इश्वरबहादुर परियार विजयी भए भने कोषाध्यक्षमा मोहनकुमार बस्नेत र सह कोषाध्यक्षमा शुशिला घिमिरे निर्वाचित भएकी थिइन् । केन्द्रीय सदस्यमा भने बलदेव तामाङ, जनकराज पाण्डे, कुलबहादुर खड्का, दुर्गादत्त आचार्य, संजयकुमार दाहाल, बिरेन्द्रकुमार साह, लक्ष्मणप्रसाद भट्टराई, सरस्वती ढुगाना, कमला खनाल, लक्ष्मी केसी, बाला थापा, रस्सामाया गुरुङ, उर्मिला कुमारी ढकाल, निलम लेखक जोशी, पुण्यप्रसाद भट्टराई, देवदत्त बडु, अनिता मण्डल, केशब बहादुर केसी, माधव उपाध्याय, चन्दन झा, जीतबहादुर गुरुङ, उद्धव बानियाँ र सीता काफ्ले विजयी भएका छन् ।

यद्यपि नेपाली कांग्रेसको सशक्त शुभेच्छुक संस्थाको रुपमा रहेको टे«ड युनियन कांग्रेसको छैठौं निर्वाचनमा रामचन्द्र पौडेलको मात्र समर्थन नभई महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजाता कोइराला, नेता अर्जुननरसिंह केसी, नरहरी आचार्यलगायतको समर्थन पुष्कर आचार्यलाई रहेको थियो । एकपछि अर्काे घटनालाई देउवा पक्षकै नेताहरुले समायोजना गर्न नसक्दा पार्टी सभापति शेरबहादुर देउवालाई नै अप्ठ्यारो हुँदै गएको छ । पार्टीभित्रका देउवा निकट भनिएकाहरु पनि आपूm अनुकूल व्यक्ति छनोट लागेका कारण पार्टी सभापति देउवालाई पार्टीभित्र कमजोर बनाउने शुरु भएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार ४, ०९: ५६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार ४, ०९: ५६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार ४, ०९: ५६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...