आइकाओको गम्भीर सुरक्षा चासो सूचीबाट हट्यो नेपाल – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

आइकाओको गम्भीर सुरक्षा चासो सूचीबाट हट्यो नेपाल

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन –आइकाओ)को गम्भीर सुरक्षा चासो –एसएससी)को सूचीबाट हटाइएको छ । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको बैठकलाई सो कुरा बारे जानकारी गराएका हुन् । आइकाओले नेपालको हवाई सुरक्षा जोखिममुक्त नभएको भन्दै सन् २०१३ बाट एसएससीको सूचीमा राखेको थियो ।

आइकाओको सूचीबाट हटेसँगै अब इयूको कालोसूचीबाट पनि नेपाल हट्ने बाटो खुलेको मन्त्री अधिकारीले बताए । आइकाओले नेपालको हवाई सुरक्षा गम्भीरु रहेको बताएपछि इयुले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । सुरक्ष चासो जनाउने इयुले नेपाल विमानलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो ।

तर उडान सुरक्षाका सम्बन्धमा नेपालले सबै प्रगति प्रतिवेदन इयुलाई पठाइसकेकोले अबको तीन महिनाभित्र इयुको कालोसूचीबाट नेपालको नाम हट्ने बताएका छन् । उक्त प्रतिवेदनमाथि इयुको प्राविधिक टिमको अध्ययन पछि कालोसूचीबाट हट्ने टुंगो लाग्नेछ भने नेपालको ध्वजाबाहक विमान पनि युरोपेली आकाशमा उड्ने बाटो खुल्नेछ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार ११, ०६: ३२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार ११, ०६: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार ११, ०६: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...