कांग्रेस सभपाति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्काको सल्लाहलाई लत्याउँदै प्रवक्ता विश्वप्रकाश शर्मा र मकमानपुरका ठेकेदार भनेर चिनिएका इन्द्रबहादुर बानियाँको इसारामा चल्दा आलोचना खेप्नु पर्यो ।
समय अभावको कारण देखाउँदै पूर्वमहामन्त्रीद्धय पव्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई उद्घाटन कार्यक्रममा बोलाएर बोल्न नदिए पछि देउवा आलोचित भएका हुन् । बहुमत सभापति आफ्नो पक्षमा नरहेको र सिंह र सिटौलाले तिनै सभापतिलाई आफ्ना कमजोरीको फेहरिस्त प्रस्तुत गर्ने भयले देउवाले उनीहरुको नाम कटाएका थिए ।
कार्यक्रमस्थलमा जाँदा जाँदै आफूहरुलाई बोल्न नदिने षड्यन्त्र गरेको बुझेका सिटौला मञ्चमा बस्न समेत गएनन भने अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले बन्दसत्र नै बहिस्कार गरे । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र सिटौलाले बन्दसत्रमा भाग लिए पनि मञ्चमा बसेनन् ।
बन्द सत्र कार्यक्रमा शुरु गर्न ढिलाई हुने भन्दै उद्घाटन कार्यक्रम ३ बजे सकाएर जिल्ला सभापतिहरुलाई हेटौंडा घुमाउने वा रेष्टुरेण्टमा रमाउन पठाउने तानाबुना बुनिएको थियो तर जिल्ला सभापतिहरु दिउँसै कता जाने कि नजाने भनेर अलमल गरेपछि आयोजक जिल्लाका सभापति इन्द्र वानियाँले जिल्ला सभापतिको लागि मनोरञ्जन प्रदान गर्ने भन्दै दोहोरी गीत र नृत्य देखाएका थिए ।
दोहोरी गीत र नृत्यमा नेता रामचन्द्र पौडेल पनि सहभागी भएका थिए भने देउवा गएनन् । बन्दसत्रको बहानामा उद्घाटन कार्यक्रममा सिंह,सिटौला र केसीलाई बोल्न नदिएर पक्षपात गरेको भन्दै झापा, इलाम, ताप्लेजुङ, कालिकोट, नुवाकोट, सिन्धुपाल्चोक जिल्लाका सभापतिहरुले देउवाको आलोचना गरेका थिए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...