घरको मुलिमान्छेले विधान मानोस् भन्ने हामी चाहन्छौं मुलिले मानेपछि सबैले मान्नैपर्छ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

घरको मुलिमान्छेले विधान मानोस् भन्ने हामी चाहन्छौं मुलिले मानेपछि सबैले मान्नैपर्छ

कर्ण बहादुर मल्ल –जिल्ला सभापति, नेपाली कांग्रेस, डडेलधुरा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिखेर सत्ता बिमुख रहेको छ । त्यसैल कांग्रेस संगठन सुधार अभियानमा जुटेको छ । निर्वाचनपछि आफु आफु भित्रै तछाडमछाड गर्दै वक्तव्य बाजीमा रमाएका कांग्रेस पार्टीको केन्द्रिय बैठक पनि हात्ती आयो– हात्ती आयो फुस्सा भनेजस्तै गरी केन्द्रिीय नेतृत्वमा रहेका सबैजना पानी माथि ओभानो हुन खोजेपछि कार्यकर्ता भने आक्रोशित भएका छन् । यसको ज्वलन्त उदाहरण भनेको ३ नं. प्रदेशको हेटौडामा यही असार ५ गतेदेखि ८ गतेसम्म कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको प्रस्फुटनबाट स्पष्ट हुन्छ ।

हेटौडामा कांग्रेसका अधिकांश जिल्ला सभापतिहरुको एउटै भनाई पाइएको छ । जस अनुसार पार्टीभित्र रहेको अन्तर विरोधको अन्त्य, गुटउपगुटको श्रृङ्खला बन्द, पार्टी केन्द्रिय नेतृत्व विधान अनुसार नचलेको आरोप लगायत पार्टीभित्र एकताको खाँचो औंल्याइएको हुँदा ७७ जिल्लाका सभापतिमध्ये केही सभापतिहरुको विचार लिने क्रममा नयाँ विकल्प साप्ताहिकले डडेलधराका जिल्ला सभापति कर्ण बहादुर मल्लसँग गरेको कुराकानीको सम्पादीत अंशः

जिल्ला सभापति भेला विधान संसोधनमा भन्दा पनि निर्वाचन समिक्षा तर्फ बढि केन्द्रीत भयो किन ?
निर्वाचनको समिक्षा बारे हाम्रो उपल्लो निकाय पार्टीको केन्द्रिय समितिमा जेनतेन छलफल भयो । हो, यहाँ समेत सो विषय उठान भो । त्यो स्वभाविक हो । निर्वाचन हार्नुको आ आफ्ना पिडा छन । म केन्द्रिय सभापतिको जिल्लाको जिल्ला सभापति हुँ । २ सय ७१ टिकटमा मैले एक टिकट पनि हेर्न पाइन । सभापति शेरबहादुर देउवाले आफैं समेत जेनतेज जित्नु भयो । यो उहाँको बलले जित्नु भएको होइन । कार्यकर्ताको बलले उहाँले जित्नु भयो । हाम्रो मेहनतले जित्न सक्नु भयो । यि सबै पिडा देशभर छन । ७७ जिल्लामा नै छन । पार्टीका नेताहरु र सबै सभापति एक ठाउँ भएका बेला यो विषय त्यस कारण उठेको हो, यो स्वभाविक थियो ।

विधान संसोधनमा तपाइहरुले दिने राय हारको समिक्षाले नै ओझेलमा पर्यो नि त हैन ?
विधान अहिले पनि छ । विधान अनुसार पार्टी चल्यो कि चलेन भन्ने कुरा महत्वपूर्ण हो । केन्द्रिय सभापति विधान अनुसार चल्नु भयो कि भएन ? केन्द्रिय नेताहरु विधान अनुसार चलेकि चलेनन । हामीले यी यावत विषयलाई भेलामा प्रवेश गराएका छौं । विधान संगत सम्पूर्ण प्रक्रिया अघि बढये कि बढेन हामीले त्यतातिर नेतृत्वको ध्यान केन्द्रित गरेका छौं । हो विधान अबको पाटो हो । फेरी पनि विधान बनाउँने अनि हामी माथी केन्द्रबाटै हस्तक्षेप गर्ने काम नहोस भन्ने हामीले चाहेका छौं । विधान अनुसार नेतृत्व चल्न सकोस ।

पार्टीका सबै निकायको शक्ति उस्तै होस हामी त्यो चाहन्छौं । महासमिति बैठकको तयारी पनि भएको छ । त्यस अघि विधान मस्यौदा समिति बन्छ । त्यो समितिले तय गरेर लगेका कुरा महासमितिबाट पास हुन्छ । केन्द्रिय समितिले अनुमोदन गर्छ । घरको मूली मान्छेले विधान मानोस भन्ने हामी चाहन्छौं । घरको मूलीले विधान मानेपछि सबैले मान्नै पर्छ । यी यावत विषयमा हेटौंडा भेलामा बहस तथा छलफल भएको छ ।

पार्टी भित्र भागबण्डाका कारण पनि त होला नि विधान लत्याइएको ?
हो नि । भागबण्डाको कुरामा पार्टीको प्रधान नेतृत्व प्रतिको आम गुनासो छ । अहिलेका सभापति शेरबहादुर देउवाले १८ वर्ष अघि यही हेटौंडमा त्यस बेलाका पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वका बारे टिकाटिप्पणी गर्दै नेतृत्वले विधान टेरेन, एकलौटी ढंगबाट पार्टी संचालन भो, नातावाद भो, कोठरीबाट पार्टी चलाउनु भो भनेर आफू सभापतिमा उठने भन्दै घोषणा गर्नुभयो ।

म त्यतीखेर अहिलेका सभापति देउवासँगै थिए । र म सभापतिभए भने मलाई मत हाल्ने नहाल्ने सबैको पार्टी बनाउँछु भनेर उहाँले भन्नु भएको थियो । आज १८ वर्ष पछि उहाँ पार्टी सभापति भएको दुई वर्ष वित्दा समेत पार्टीको हालत १८ वर्ष अघिकै जस्तो छ । ति मुद्धा कहाँ गयो ? त्यो लक्ष्य कता पुग्यो । जुन मुद्धा उठाएर उहाँ सभापति बन्नु भो त्यही मुद्धामा जेलिएर अहिले उहाँ डुब्न लाग्नु भएको अवस्थामा हुनुन्छ । गुनासो यही हो । अझै समय छ । उहाँ त्यो कुराबाट उम्किनु पर्यो ।

यस्तै रामचन्द्र दाईले पनि सभापतिमा उम्मेदवारी घोषणा गर्दा भागबण्डा अन्त्य गर्छु भन्नु भएको थियो । भलै चुनाव जित्न सक्नु भएन । तर वरिष्ठ नेता त हो नि उहाँ पार्टीको । चुनाव हारे पनि उहाँलाई मत त दिइएको छ नि । भागबण्डा अन्त्य गर्न उहाँ पनि खै लागेको ? उहाँ नै भागबण्डाको नायकत्व गरिरहनु भएको छ । उहाँहरु सबै यस तर्फ सोच्न लाग्नु पर्छ । उहाँहरु सुध्रिन सक्नु पर्छ । अनि हामी तल्लो तहका कार्यकर्ता सुध्रिन्छौं । त्यसपछि १४औं महाधिवेशनमा जाने हो । भेलाको आसय पनि त्यही हो ।

पार्टीमा गुटका कारण जिल्ला जिल्लामा निराशा छन् कार्यकर्ताहरु होइन ?
हो त । म निरन्तर ९ औं महाधिवेशनबाट भोट हाल्दै आएको छु । १०औं महाधिवेशन देखि १३औं महाधिवेशनसम्म म शेरबहादुर देउवाकै पक्षमा लागेर आए । म घमण्डका साथ भन्न सक्छु देउवालाई यो ठाउँमा पु¥याउने दशजना मध्ये म पनि पर्छु ।

तर दुर्भाग्य दुखका साथ आज उहाँ आज आफ्नै जिल्लामा मेरा बिरुद्ध गुट खोलिरहनु भएको छ । उहाँलाई केके लागि गुट चाहियो ? अनि निराशा हुन्न कार्यकर्तामा ?
रमचन्द्रदाई वरिष्ठ नेता हुनुहुन्छ, उहाँ तनहुँमा गुट खोलिरहनु भएको छ । उहाँलाई केका लागि चाहियो गुट ? अनि निराशा हुन्न ? उहाँहरु प्रति ठूलो गुनासो । उहाँहरु नै पहिले अनुशासित हुनु पर्छ । मूली अनुशासित नभएको घर अनुशासित हुन्न ।

निर्वाचनको हार केको कारण हो त ? अबको रणनीति कसरी अघि बढ्छ ?
पहिलो कारण अन्तर्घातनै हो । केन्द्रिय सभापतिको जिल्लाको नेविसंघको केन्द्रिय अध्यक्षनै आफ्नै उम्मेदवार बिरुद्ध उभिएका थिए । त्यहाँ अन्तर्घात भएन ? उनी नै सूर्यमा मत माग्दै हिँडे ।

प्रदेशतर्फ सूर्यमा भोट मागेको मान्छेलाई कार्बाही गर्ने कि नगर्ने ? यस्ता प्रवृतिका नेताहरुलाई लिष्ट बनाएरै पहिले कार्बाही गरिनुपर्छ । यिनले पार्टीका हितविपरित काम गरेको हो, आम माफि दियौं भनेर पार्टीले भन्ने कि नभन्ने त ? यसपछि कांग्रेस गाउँ देखि केन्द्रसम्म बलियो मुद्धा लिएर जानुपर्छ । त्यसपछि आउँदो निर्वाचनमा पार्टी पहिलो हुन्छ । सबे किसिमका मतदातालाई तान्न सक्ने एजेण्डा लिएर गयौं भने कांग्रेस कमजोर हुँदैन ।

यहाँ त मूल एजेण्डा नै हिन्दु धर्मलाई मान्नु पर्छ भन्दै हुनुहुन्छ नि हैन ?
हो, कांग्रेसले अहिलेसम्म जे बोलेको छ यो मुलुकमा त्यही भएको छ । कांग्रेसकै बाटोबाट मुलुक यहाँसम्म आएको हो । अब कांग्रेसले फेरी हिन्दु धर्मको एजेण्डा लिएर अघि बढ्नुपर्ने बेला आएको छ । राणा हटाउने विषय कांग्रेसले लियो भयो, राजा हटाउँने विषयमा कांग्रेस अघि बढ्यो हट्यो ।

शान्ति प्रक्रियामा कांग्रेस अघि बढ्यो त्यहाँ पनि सफलता हात प¥यो, त्यसपछि गणतन्त्रको नेतृत्वमा पनि सफल भयो । संविधान ल्याउँने विषय पनि कांग्रेसकै नेतृत्वमा सफल भयो । अब हिन्दुराष्ट्रको मुद्धालाई कांग्रेसले गाउँ गाउँसम्म पु¥याउँनै पर्छ । जहाँ झण्डै ९३ प्रतिशत ओमकार परिवार बस्छन । देश, समाज, घर र पार्टी सहित मान्छेको मनलाई संस्कारयुक्त बनाउँन पार्टीले हिन्दु राष्ट्रकाबारे निर्णय गर्नुपर्छ ।

नेतृत्व पनि त सुध्रिनु पर्ला नि त मतदाताको मन जित्न ?
त्यो पनि हो, नीति तथा कार्यक्रम अब पार्टी नेतृत्वले मिलेर बनाउँनु पर्छ । सभापतिज्यूले रामचन्द्रदाईलाई नीति तथा कार्यक्रम बनाउँने जिम्मा दिनुपर्छ । मेरो नेतृत्वमा सबै समस्या हटाउँछु सबैले सहयोग गर्नोस भनेर शेरबहादुर दाईले भन्नुपर्छ । शेरबहादुरदाईले कृष्ण सिटौलालाई तपाई पार्टीको विधान बनाउँनुस भनेर जिम्मा दिनु पर्छ । सिटौलाले नेकपालाई राम्रो हुने विधान त बनाउँदैनन् क्यारे । रामचन्द्रदाईलाई ७७ जिल्ला जानुस, पार्टीको विभाग र निकाय बनाउने जिम्मा लिनुस, तपाइ लाग्नुस भन्दा त सबै कुरा मिल्छ नि ।

विधानका लागि यहाँहरुले कस्तो सुझाव दिनु भयो र तत्काल पार्टीको प्रदेश संरचना कसरी मिलाउँने त अब ?
अब जे हुन्छ विधि प्रक्रियाबाट गरिनुपर्छ । निर्वाचन मार्फत अब सबै तहको संरचनाको भर्पाइ गरिनुपर्छ । तल्लो तहमा बुथ अधिवेशन देखिनै प्रक्रियागत ढंगबाट सबै संरचनामा हामी अघि बढ्नुपर्छ । सदस्ययता दिने विषयमा पनि साधारण सदस्यता देखिनै ध्यान दिनुपर्छ ।

वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनका लागि क्यालेण्डर बनाएर जानुपर्छ । एउटा वडाको वडा सभापति त्यो स्वतः भोली वडा अध्यक्षको उम्मेदवार, गाउँ पालिकाको पार्टी अध्यक्ष त्यस गाउँपालिकाको अध्यक्षको उम्मेदवार हो भनेर तोक्नुपर्छ । अनि न पार्टीका लागि काम हुन्छ । दुःख गर्ने संसकार बस्छ । सबै निकायमा त्यही अनुसार जिम्मा दिनुपर्छ । यही विषयलाई मैले हेटौंडा भेलामा राखेको हुँ । यसले उर्जा दिन्छ र गुट उपगुट पनि मथ्थर हुन्छ ।

पार्टी नेतृत्वमा पनि परिवर्तन आवश्यक हो तत्काल ?
म तत्काल नेतृत्व परिवर्तनको पक्षमा छैन । अग्रिम महाधिवेशन भन्या के हो त्यो मैले बुझ्या छैन । अहिलेबाट नै पक्रिया सुरु गर्दा पनि त दुई वर्ष त लाग्छ । महाधिवेशनबाटै नयाँ नेतृत्व छान्ने हो । त्यो प्रक्रिया सुरु गरिनुपर्छ । अहिलेका शिर्ष नेताहरु अब अभिभावकत्व ग्रहण गरेर बस्नुपर्छ ।

अन्त्यमा हेटौंडको सन्देश के हो ?
हेटौंडको सन्देश समग्र पार्टीको सुधार आवश्यक छ भन्ने हो । यस्तै कम्युनिष्टका बिरुद्ध एकताको जरुरी छ भन्ने पनि हेटौंडा भेलाको आसय हो । कम्युनिष्टहरुले गरेको मंहंंगी, ज्यादती, खोक्रो राष्ट्रवाद, प्रेस माथीको हस्तक्षेप, विद्याथी माथीको आक्रमण, शक्ति पृथकिकरणका विरुद्धको कम्युनिष्हरुको अभियानका विरुद्ध हामी एक भएर अघि बढ्नेछौं भन्ने मूल आशय हेटौंडा भेलाले लिएको छ । नो मोनार्कीको नेतृत्व गरेको कांग्रेस नो कम्युनिष्ट अभियानमा अब अघि बढ्ने भन्ने नै हो । (जवा शिवाकोटी)

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०७५ असार ११, ०८: १४

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०७५ असार ११, ०८: १४

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०७५ असार ११, ०८: १४

tc-check https://test.com