निधिले सम्पादक फेर्ने चेतावनी दिएपछि ! – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

निधिले सम्पादक फेर्ने चेतावनी दिएपछि !

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विमलेन्द्र निधिले आमसञ्चारको माध्यमले कांग्रेसका केही नेताको भनाई उधृत गर्दै कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर प्रकाशित र प्रसारित समाचारप्रति गम्भिर आपत्ति जनाएका छन् । असार १५ गतेको अवसर पारेर एक महिनाअघि उपसभापतिमा सभापति देउवाद्धारा नियुक्ति पाएका निधिले पार्टी कार्यालयमा पदभार ग्रहण गरेका थिए । सोही समारोहमा उपस्थित संचारकर्मी, पार्टी नेता र कार्यकर्तामाझ निधिले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले पार्टीको सभापति देउवा महाधिवेशनबाट निर्वाचित भएकोले उनलाई हटाउने वा परिवर्तन गर्ने कुरा सञ्चार माध्यमको चासोको बिषय नभएको बताए । उनले कांग्रेसका सभापति परिवर्तन हुनु पर्ने भनेर समाचार लेख्ने र सम्वन्धित विटको रिपोर्टरलाई परिवर्तन गर्नु पर्यो भनेर आफूहरुले किन भन्न नपाउने भनी प्रश्न गरेका थिए । निधिले कांग्रेसको नेतृत्व परिवर्तनको बिषयमा समाचार वा टिप्पणी आएका पत्रिका, टिभि, रेडियो वा अनलाईनको मालिक, सम्पादक र रिपोर्टर पनि परिवर्तनको माग आफूहरुले गर्ने चेतावनी दिए ।

निधिको भाषण सुनेर छेउमै बसेका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभाको संसदीय दलकी प्रमुख सचेतक सरिता प्रसाईं पनि जिल्ल परेका थिए भने उपस्थित सञ्चारकर्मीहरु मुखामुख गरेका थिए । उपसभापतिको पदभार ग्रहण लगत्तै निधिले कांग्रेस भित्र अब नेतृत्व परिवर्तनको कुरा नगर्न, निर्वाचनमा पराजय भएको भन्दै समिक्षा नगर्न र नेकपाको बिरोध मात्र गर्न कांग्रेस नेताहरुलाई निर्देशन दिए ।

निधिले पत्रकारहरुसँगको अनौपचारिक कुराकानीमा कांग्रेसले तत्काल महाधिवेशन गरेमा देउवाले पुनः सभपाति पदमा जित्ने दाबी गर्दै कांग्रेस नेता शेखर कोइरालाले पनि नेतृत्व परिवर्तन नगरेको कुरा आफूलाई बताएको जनाए । उनले शेखर कोइरालाले मलाई नेतृत्व परिवर्तनको बारेमा आफूले नबोलेको तर मिडियाले लेखेको भनेर उल्टै गुनासो गरेको दाबी गरे । तर डा. कोइरालाले भने वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने बताउँदै आएका छन् ।

निधिले सञ्चारकर्मीहरुलाई शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मात्र समाचार प्रचार प्रसार नगर्न सञ्चारकर्मीलाई निर्देशन दिए । उनले ट्रेड युनियन कांग्रेसको उद्घाटन समारोहमा आफूभन्दा १५ औ र १६ नम्वरमा बोल्ने नेताको भाषण यति लामो आए पनि आफ्नो भाषणलाई भने थोरै स्थान दिइएको गुनासो गरे । उनले आफ्नो सकारात्मक समाचार नछाप्ने संचारकर्मीको हिसाव किताव राखेको भन्दै आफूलाई सहयोग नगर्ने संचारकर्मीलाई आफूले पनि त्यस्तै व्यवहार गर्ने र सहयोग नगर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार १८, ०६: १६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार १८, ०६: १६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार १८, ०६: १६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...