पहिलो चरणको निर्वाचन सम्पन्न, कतै बम–कतै झडप – Naya Bikalpa
February 6, 2025, Thursday

पहिलो चरणको निर्वाचन सम्पन्न, कतै बम–कतै झडप

कांग्रेसले ल्यायो पहिलो हुने रणनीति

काठमाडौं । दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत हिजो पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । हिजो ३२ जिल्लाहरुमा भएको निर्वाचन मध्ये अधिकांश स्थानहरुमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपी केही स्थानहरुमा भने अवरोध सिर्जना भई तनावपूर्ण स्थिति सिर्जना समेत भएको थियो । दोलखाको जामुने मतदान केन्द्र निकै तनावग्रस्त भएको थियो । तनावग्रस्त हुनबाट जोगाउन सो स्थानमा सरकारले तत्काल थप सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो । त्यसैगरी उत्तरी धादिङको झार्लाङमा पनि विवाद उत्पन्न भएपछि मतदान ढिलो सुरु भएको थियो ।

काठमाडौं । दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत हिजो पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । हिजो ३२ जिल्लाहरुमा भएको निर्वाचन मध्ये अधिकांश स्थानहरुमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि केही स्थानहरुमा भने अवरोध सिर्जना भई तनावपूर्ण स्थिति सिर्जना समेत भएको थियो । दोलखाको जामुने मतदान केन्द्र निकै तनावग्रस्त भएको थियो । तनावग्रस्त हुनबाट जोगाउन सो स्थानमा सरकारले तत्काल थप सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो । त्यसैगरी उत्तरी धादिङको झार्लाङमा पनि विवाद उत्पन्न भएपछि मतदान ढिलो सुरु भएको थियो ।
उता, सोलुखुम्बुको साबिक तिङलावासीले भने यसपटक पनि निर्वाचन वहिष्कार गरेका छन् । विहान ७ बजेबाट मतदान सुरु गर्न आवश्यक तयारी गरेर बसेका निर्वाचन अधिकृतहरु मतदान गर्न कोही नआएपछि अचम्मित भएका थिए । स्थानीय निकाय पुनःसंरचनामा चित्त नबुझेपछि स्थानीय निर्वाचन समेत बहिष्कार गरेका तिङ्लावासी यसपटक पनि भोट खसाल्न गएनन् भने उच्च हिमाली क्षेत्रमा रहेका कर्णालीका पाँच जिल्लाहरु डोल्पा, मुगु, हुम्ला, मनाङ र मुस्ताङमा हिमपात भएपछि मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाई व्यहोर्नु प¥यो । त्यसैगरी ताप्लेजुङ मतदान केन्द्रमा बम विष्फोट भएको जानकारी पनि प्राप्त भयो । त्यस्तै सिन्धुपाल्चोकको क्षेत्र नं. १ अन्तरगत सुनकोशी गाउँपालिकामा रहेको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा पनि झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले एक हवाई फायर समेत गरेको थियो । झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जनायो ।
देशको हिमाली भेगका ३२ जिल्लाहरुमा ३१,९१,९४५ मतदाता रहेका थिए भने प्रतिनिधिसभाका लागि २८२ र प्रदेशसभाका लागि ४२० गरी जम्मा ७०२ जना उम्मेदवारहरु मैदानमा उत्रिएका थिए । जम्मा ४४६५ मतदान केन्द्रहरुमध्ये अधिकांश केन्द्रहरुमा विहान ७ बजेबाटै मतदान सुरु भएको हाम्रा सम्वाददाताले बताए । हिजो सम्पन्न भएका प्रदेश अन्तर्गत प्रदेश नं. १ को ७ जिल्ला, प्रदेश नं. ३ को ६ जिल्ला, प्रदेश नं. ४ को ६ जिल्ला, प्रदेश नं. ५ को २ जिल्ला, प्रदेश नं. ६ को ७ जिल्ला र प्रदेश नं. ७ को ४ जिल्ला गरी जम्मा ३२ जिल्ला अन्तर्गत १११ सिटमा निर्वाचित हुनेछन् ।
दल र नेताहरुप्रति जति वितृष्णा पैदा भए पनि जनतालाई वर्षाै वर्षपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनले उत्साही बनाएको छ । यो समाचार तयार पार्दा सम्म ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकबाट थाहा हुन आएको छ ।
संविधान कार्यान्वयनको प्रकृयातिर मुलुक अघि बढिरहेको अवस्थामा जनताले पनि त्यही गति अनुसार आप्mनो मताधिकार प्रयोग गरेर पहिलो चरणको निर्वाचन सफल बनाएका छन् । अब मंसिर २१ गते हुने दोस्रो निर्वाचनको तयारीमा छन्, बाँकी ४५ जिल्लाका जनता । अहिलेको अवस्थामा नेपाली राजनीति प्रष्ट दुई धु्रवमा विभाजित भएको छ । केही साना दलहरु बहेक ठूला दुई गठबन्धनकै चर्चा छ । माओवादी केन्द्र र नेकपा एमालेबीचको बाम गठबन्धन र नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धामा निर्वाचन हुँदैछ ।

निर्वाचनमा बामगठबन्धनको बहुमत आउने र अबको पाँच वर्षको लागि कम्युनिष्टहरुको स्थायी सरकारले देश हाँक्ने ठोकुवा बामगठबन्धनले गरेता पनि जनता पत्याईरहेका छैनन् । लोकतन्त्र र प्रजातन्त्रको पक्षधर आपूm भएकोले जनताका सम्पूर्ण अधिकारको सुनिश्चितता केबल कांग्रेसले मात्र गर्न सक्ने दाबी लोकतान्त्रिक गठबन्धनको छ । दुवैले आपूm जित्ने दाबी गरेता पनि भर्खरै गरिएको एक सर्वेक्षण अनुसार कांग्रेस पार्टी नै मुलुकको पहिलो पार्टी बन्ने अनुमान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र, जनसंख्या लगायत विभागका प्राध्यापकहरु संलग्न एक संस्थाले गरेको अध्ययनले कांग्रेस पार्टीले विजय प्राप्त गर्ने अनुमान गरेको हो । प्रारम्भिक सर्वेक्षणको प्रतिवेदन अनुसार नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कूल एक सय १६ सिट ल्याउने देखिएको छ भने जम्मा ८९ सिटसहित नेकपा एमाले दोस्रो र २८ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा सीमित रहने देखिएको छ ।
हुन त एमाले र माओवादीले यो निर्वाचनपछि पार्टी एकता गर्ने भनेता पनि स्थानीय निर्वाचन सम्पन्न भएपछि यी दुईको राजनीतिक वैचारिक पहिचान फेरिएको छ । २०१५ सालदेखि २०७४ सालसम्मको निर्वाचनलाई हेर्ने हो भने कांग्रेसले पाएको मत परम्परागत मत अर्थात् लोकतन्त्रवादीहरुको मत भन्न सकिन्छ भने २०६४, २०७० र २०७४ मा एमालेले पाएको मत सामाजिक लोकतन्त्रवादीहरुको मत भन्न सकिन्छ र २०७० र २०७४ मा माओवादीले पाएको मत कम्युनिष्टहरुको मत भन्ने आधारमा सो सर्वेक्षण गरिएको हो ।

यस्तो विभाजित परिस्थितिमा कसको कति मत आउँछ भन्न त्यति सहज भने छैन । तर बदलिंदो परिस्थिति, राष्ट्रिय राजनैतिक मुद्दा, स्थानीय निर्वाचनको परिणाम, भोटको शैली, युवाहरुको मनोविज्ञान व्यवसायी र कारोबारीको मनोभाव, उम्मेदवारहरुको लोकप्रियता लगायतका विषयलाई आधार मानेर सो सर्वेक्षण गरिएको बताइएको छ ।
त्यसैगरी उक्त अध्ययनले माओवादीका उम्मेदवार उठेका ठाउँमा एमालेबाट टिकट पाउने सम्भावना भएका नेताहरु निराश भएकाले उनीहरुको पक्षमा सकारात्मक नेखिएकाले पनि धेरै ठाउँमा क्रस भोट हुने सम्भावना देखिएको जनाएको छ भने सधैँ पार्टीको लागि दिनरात खटिएका नेताहरु गठबन्धनको कारण ओझेलमा पर्न गएका छन् । यस्तो अवस्थामा उनीहरुको असन्तुष्टि पनि एमाले माओवादीको लागि समस्याको विषय बन्न सक्दछ । तर जनताको हकमा बाम गठबन्धन भन्दा पनि लोकतान्त्रिक गठबन्धनले नेताहरुले मत पाउने सम्भावना बढिरहेको उक्त अध्ययनले देखाएको छ ।
वर्षौंदेखि गाउँस्तरबाट क्षेत्र हुँदै जिल्लाको तहसम्म बल्लबल्ल पुगेका नेता तथा कार्यकर्ता टिकट पाउने आशामा रहेको बेला केन्द्रबाट लादिएको यस सिकसिमको निर्णय नमान्ने भन्दै कतिपय ठाउँमा विद्रोह समेत गरेका छन् । यसरी विद्रोह गर्नेहरुमा एमाले पार्टीका बढी छन् भने माओवादी केन्द्रका कतिपय नेताहरुले पार्टी नै परित्याग गरिरहेका छन् । उता पछिल्लो समयका कांग्रेस आत्र्रmामक शैलीमा कम्युनिष्ट शासनको भण्डाफोर गर्दै चुनावी प्रचारप्रसारमा लागेको कारण उच्च घरानियादेखि मुख्य सहरका मतदाता बामगठबन्धनदेखि निकै ग्रसित भएको अध्ययनले देखाएको छ ।

अहिले जनताले सोध्ने प्रश्न एउटै छ, मुलुकमा कम्युनिष्ट व्यवस्थाको उदय भयो भने के हुन्छ ? त्यसैले हिजोदेखि आजसम्म आइपुग्दा बामपन्थीहरुले सधैँ ढाँटेर राजनीति गरेको यथार्थतालाई नकार्न सकिन्न । त्यसैले मतदाताको बुझाई हेर्ने हो भने सच्चा कम्युनिष्टहरुले जे भन्छ त्यही गर्छ तर नेपालको कम्युनिष्टहरु आजसम्म जनतालाई झुक्याउने काममा नै बढी रहेकाले सत्ता वरिपरि नै घुमिरहनुका कारण जनताले बुझेको कुरा हो । एमालेको ढुलमुले चरीत्रदेखि जनता दिक्क छन् भने माओवादीले सत्ताको लागि गरेको गैरजिम्मेवारपूर्ण कामले गर्दा माओवादीसँग पनि रुष्ट रहेको सर्वेक्षणले देखाएको छ । यिनै विषयलाई आधार मानेर हेर्दा यसपटकको निर्वाचनमा कांग्रेसकै पल्ला भारी हुने देखिएको छ ।

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०७४ मंसिर ११, ०८: १६

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०७४ मंसिर ११, ०८: १६

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०७४ मंसिर ११, ०८: १६

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...