नेपाली युवक भारतमा पुरस्कृत – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नेपाली युवक भारतमा पुरस्कृत

नयाँदिल्ली – एक नेपाली युवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।

कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । दीग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ ।

भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्या यएवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए । सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार ३२, ०९: २६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार ३२, ०९: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार ३२, ०९: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...