आफ्नै कारण अलोकप्रिय भएको नेकपाभित्रै चर्चा – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

आफ्नै कारण अलोकप्रिय भएको नेकपाभित्रै चर्चा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनकै सहयोगीबाट दिन प्रतिदिन आलोकप्रिय भएको गुनासो पार्टी भित्रैबाट उठ्न थालेको छ ।

प्रण्डलाई झापाको विवादास्पद अस्पताल बीएण्डसीका अध्यक्ष दुर्गा प्रसाई, विवादास्पद व्यापारी अजेयराज सुमार्गी, कालोसूचीमा परेका ठेकेदार शारदा अधिकारीबाट बिबादस्पद बनेका छन् । यता प्रधानमन्त्री के पी ओलीलाई भने उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, संचार मन्त्री गोकुल बाँस्कोटा र विवादास्पद मन्त्री रघुवीर महासेठले बद्नामा गरिरहेको चर्चा नेकपा भित्र चल्न थालेको छ ।

विवादास्पद व्यक्तिको सल्लाहमा प्रचण्ड र ओली चलेका कारण पार्टी नै बद्नामा हुन लागेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भिम रावल र रक्षामन्त्री ईश्वर पोखरेलले चिन्ता ब्यक्त गरेका छन् ।

उनीहरुले केही ब्यक्ति सकिदैमा पार्टीलाई केही फरक पर्दैन भन्दै असफल र गनाएकालाई पन्छाउँदै अघि बढ्न ओलीलाई सुझाव दिने भएका छन् । उनीहरु सत्ताको वरीपरि बसेर नेतृत्वलाई भ्रमममा पार्नेहरुका कारण पार्टी सकिएला कि भन्ने चिन्ता लागेको भन्न थालेको छ ।
यता नेकपाका नेता माधवकुमार नेपालले पनि बिरोध गर्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको प्रतिक्रिया दिएका थिए ।

उनले संसद बैठक एक सातासम्म स्थगित भएको अवस्थामा डा. गोबिन्द केसीको मागको सम्वन्धमा छलफल हुनु पर्ने भन्दै उनको मागको बिषयमा आफूलाई जानकारी नभएको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य र सार्वजनिक सडक तथा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा भ्रष्टाचार बढेकोले त्यसतर्फ पनि डा. केसीको माग छ कि छैन भनेर जिज्ञासा समेत राखेका थिए । उनले सरकारीको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेका थिए ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०७५ श्रावण ७, ०६: ४९

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०७५ श्रावण ७, ०६: ४९

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०७५ श्रावण ७, ०६: ४९

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...