संसद बन्द गरी विपक्षी दबाउन खोज्दै सभामुख – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

संसद बन्द गरी विपक्षी दबाउन खोज्दै सभामुख

काठमाडौं । नेपाली कांग्रेसले संविधानले व्यवस्था गरे बमोजिम संघीय प्रदेश र प्रदेश सभाका संसदको सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने माग गरेपछि सभामुख कृष्णबहादुर महरा दोधारमा परेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको पालना र कार्यान्वयन संसदबाटै पहिले शुरुआत गर्न भन्दै माग गरेपछि महराले संसदमा आउने सम्भावित बिरोधलाई छल्न संसद बैठक नै एक साता पर सारेका छन् ।

संविधानले हरेक संसदको सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । तर अहिले सभामुख महरा र उपसभामखु शिबमाया तुम्बाहाम्फे दुबै जना नेकपाका सांसद हुन् । सभामुख र उपसभामुखको निर्वाचनमा महरा नेकपा माओवादी केन्द्रको र उसभामुख तुम्बाहाम्फे नेकपा एमालेकी सांसद थिइन् । संसदको सभामुख र उपसभामुखको निर्वाचनपछि उनीहरु निर्वाचित भएको दल एमालै र माओवादी केन्द्रबीच एकीकरण भएर हाल नेकपा निर्वाचन आयोगमा समेत दर्ता भइसकेको छ ।

निर्वाचन आयोगमा दल दर्ता भएपछि आफूहरुले सम्वन्धित दलबाट राजिनामा दिएको भन्दै सभामुख र उपसभामुखले संविधानको ब्याख्या आफै गर्दै हाल आफूहरुले सम्वन्धित दलबाट राजिनामा दिएको भन्दै संविधान आकर्षित नहुने तर्क गरेका छन् । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधानको कार्यान्वयन नभएसम्म अर्थात सभामुख र उपसभामुख फरक फरक दलको व्यक्ति नभए सदन चल्न नदिने निर्णय गरेका छ । सोही निर्णय बमोजिम प्रदेश २ बाहेक हरेक प्रदेश र संघीय संसदमा सभामुख र उपसभामुख एउटै दल अर्थात नेकपाका सांसदहरु छन् । प्रतिनिधिसभाको बैठकअघि गत साता भएको कार्यब्यवस्था परामर्श समितिको बैठकमा समेत सभामुुख महराले सदनको बैठक एक साताभन्दा बढी सार्ने भनेका थिएनन् ।

तर उनले एक्कासी साउन ८ गतेसम्म प्रतिनिधिसभाको बैठकको मिति सारेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि सभामुख महरासँग टेढिएको छ । उसले सभामुख महराबिरुद्ध अब संसदमा आन्दोलन गर्ने भएको छ । सभामुख महराले प्रमुख प्रतिपक्षीसँगको सल्लाहमा बैठक बोलाउने र राख्ने परम्परलाई तोडेकोमा प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आपत्ति प्रकट गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत सभामुख महराले आफूसँग सल्लाह नै नगरी सभामुख महरा एकलौटी ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए ।

संसदको बैठक बसालेमा जुम्लामा भएको प्रहरी दमनको बिरोध हुने र आफ्नो पनि राजिनामा माग हुने डर र त्रासले सभामुख महराले सदन छल्ने गरेको कांग्रेसका नेताहरुको बुझाई छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत संसद छल्न सभामुख महराले एक सातासम्म बैठक नराखेको प्रतिक्रिया दिए ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ श्रावण ७, ०६: ५१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ श्रावण ७, ०६: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ श्रावण ७, ०६: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...