देशैभर आगो बाल्ने पूर्व प्रधानन्यायाधीशको चेतावनी – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देशैभर आगो बाल्ने पूर्व प्रधानन्यायाधीशको चेतावनी

काठमाडौं । कुनैबेला कांग्रेसको पिछलग्गु भएको, कहिले माओवादीको पुच्छर त कहिले एमालेको निकट भएको आरोप खेप्दै आएकी पूर्वप्रधानन्यायाधिश शुशीला कार्की यतिवेला त्यतिकै चर्चामा छिन् ।

कुनै बेला शेरबहादुर देउवासँग सम्बन्ध बिग्रिएपछि उनै देउवाबाट महाभियोग प्रस्तावको सामना गर्न पुगेकी कार्की यतिबेला डा. गोविन्द केसीको मागको बिषयलाई लिएर देउवासँगैको एजेण्डामा जोडिएकी छिन् ।

सोलीड्यारिटी फर डाक्टर केसीको आयोजनामा शनिबार माइतिघरबाट शुरु भएको जुलुसमा सहभागी हुँदै नयाँबानेश्वरस्थित कोणसभामा सहभागी भएकी पूर्वप्रधानन्यायाधीश सुशील कार्कीले केसीको माग पुरा नभए देशभर आगो बाल्ने चेतावनी दिएकी छन् । उनले डा. केसीलाई कुनै राजनीतिक दलको बिल्ला नभिराउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई डा. केसीले राखेका माग संवोधन गर्न आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री ओलीसँग निकै आक्रोसित बनेकी कार्कीले जनताको आवाज सत्तामा बस्नेहरुले नसुने देशब्यापी आगो बल्ने चेतावनी दिएका छन् । कार्कीको यस्तो चेतावनीपछि सत्तामा बस्ने मै हुँ भन्नेले समेत एक पटक फेरि सोच्न बाध्य भएका छन्, कि ओली सरकारको आशन डगमगाएको हो ? कार्कीको जस्तो चेतावनी लेखक खगेन्द्र संग्रौलाले पनि दिए ।

उनले एमालेका अध्यक्षद्धय केपी ओली र प्रचण्डको नाक थेप्चिएको भन्दै उपचारमा लाग्न भने । उनले जनताको आवाजलाई नियन्त्रण गर्न खोजे राजा ज्ञानेन्द्र शाह र राणाकै जस्तो हुने चेतावनी दिए । उनीहरुले सरकारले जनताको भन्दा माफियाको कुरा सुनेको भन्दै सच्चिन ओलीलाई आग्रह पनि गरेका छन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ श्रावण ७, ०६: ५३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ श्रावण ७, ०६: ५३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ श्रावण ७, ०६: ५३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...