काठमाडौं । सरकारले बुढीगण्डकी आयोजना निर्माण स्वदेशी लगानीमै गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय अनुसार विद्युत प्राधिकरणलाई जिम्मा दिने भएको हो ।
उर्जा मन्त्री कमल थापाले १२ सय मेगावटको बुढीगण्डकी आयोजना स्वदेशी पूँजीमै निर्माण गर्ने निर्णय भएको जानकारी दिएका छन् । सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट बुढीगण्डकी जलसाययुक्त आयोजना स्वदेशी लगानीमै निर्माण गर्न फिर्ता लिएको थियो ।
उर्जामन्त्री कमल थापाले अब १५ दिनभित्र समिति गठन हुने र सो समितिको रिर्पोटका आधारमा काम थालिने जानकारी दिए । कुनै अध्ययन बिनै अनियमित ढंगले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग सम्झौता गरेको आरोप लागेपछि सरकारले कात्तिक २७ गते बुढी गण्डकी जलविद्युत आयोजना निर्माण खारेज गरेको थियो । बुढीगण्डकी आयोजना यो भन्दा अघिको प्रचण्ड सरकारले गेजुवा ग्रुपलाई दिएको थियो । तर देउवा सरकारले गेजुवाको अनुमति खारेज गर्ने निर्णय गरेको थियो ।
गेजुवाको लाइसेन्स खारेज गरेसँगै देउवा सरकारले आलोचना खेप्दै आएको थियो । चिनियाँ कम्पनीको अनुमति खारेज गरेर भारतीय कम्पनीलाई दिन खोजेको भन्ने आरोप देउवा सरकारलाई लागेको थियो । सरकारले अब यो आयोजना स्वदेशी लगानी र प्रविधिबाटै बनाउने निर्णय गरेको छ । यद्दपी नदीनाला र प्राकृतिक स्रोत बेच्दै छिमेकीलाई खुशी पार्दै आएका कम्युनिष्ट पार्टीले प्रतिपक्षमा भएको बेलामा चुनावका बेलामा भोट घट्ने डरका कारण सरकारले हतार हतार यस्तो निर्णय गरेको आरोप लगाएका छन् ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...