काठमाडौ । बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूको चरित्रहत्या गर्ने गरी अभिव्यक्ति दिने झापाको वीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंमाथि कारवाही माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
नेपाली महिलाहरूको इज्जत र प्रतिष्ठामाथि गम्भीर चोट पु¥याएको र दशकौं पुरानो मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा आँच पु¥याएको भन्दै कानूनबमोजिम कारवाही माग गरिएको छ । प्रस्ताव दर्ता गर्नेमा कांग्रेसका डिला संग्रौला र यसको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको हो ।
प्रसाईं प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै निवासमा खाना खुवाएर चर्चामा आएका हुन् । उनले ओली र प्रचण्डलाई मार्सी धानको भात खुवाएको भन्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि चर्चामा आएका थिए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...