किन चर्किंदै गयो नेविसंघको विवाद ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

किन चर्किंदै गयो नेविसंघको विवाद ?

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको कार्यदक्षता र नेतृत्व क्षमताको कमजोरीका कारण कांग्रेसका प्रभावशाली भातृ संस्था नेपाल बिद्यार्थी संघको विवाद चुलिँदै गएको छ । महर नेतृत्वको नेपाल बिद्यार्थी संघको दुई बर्षे कार्यकाल साउनमा सकिँदैछ । तर महाधिवेशनको तयारी गर्नु त कता हो कता आन्तरिक बिबादलाई समेत महरले सल्टाउन सकेका छैनन् ।

नेविसंघमा अल्पमतमा परेपछि अध्यक्ष महरले विगत एक बर्षदेखि केन्द्रीय कार्य समितिको बैठक समेत बोलाउन सकेका छैनन् । उनले पत्रकार सम्मेल नगरी साउन पहिलो साताबाट नेविसंघको कलेज र क्षेत्रीयसहित जिल्ला अधिवेशन शुरु गरी दोश्रो सातासम्म सकाउने घोषणा गरेका थिए । तर उनको त्यो घोषणा त्यसमै सिमित भएको छ । नेविसंघको दुई बर्षे कार्यकाल सकिन लाग्दा समेत सदस्यता बितरण गर्न नेविसंघ असक्षम भएको छ ।

पार्टी भित्र मौलाएको गुट र उपगुटको प्रभाव नेविसंघमा समेत देखिएको छ । महाधिवेशन गरेमा संस्थापन पक्षको जो सुकै उम्मेदवार भए पनि पराजित हुने सम्भावना देखेपछि सभापति शेरबहादुर देउवाकै इसारामा अध्यक्ष महरले महाधिवेशनको तयार नगरेको भन्दै हिँडेका छन् । तर सभापति देउवाले भने नेविसंघको विवाद सल्टाउन सहमहामन्त्री डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएका छन् । नेता महतले समेत नेविसंघको विवाद मिलाउन सकेका छैनन् । उनले कुराकानी र छलफल भइरहेको बताएका छन् ।

असन्तुष्ट नेता नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको बहुमत केन्द्रीय सदस्यले महाधिवेशन आयोजक समितिको घोषणा गरिसकेको छ । पार्टीले विवाद समाधान गर्न सहमहामन्त्री महतले पहल गरे पनि निकास निकाल्न सकेका छैनन् । नेपाल विद्यार्थी संघको महाधिवेशन निर्धारित समयमा विधान बमोजिम नै गर्न सभापति देउवालाई आफूहरुले सुझाव दिएको नेता हृदयराम थानी बताउँछन् ।

तर सभापति देउवा तत्काल महाधिवेशन गरेमा विवाद हुने र सरकारबिरुद्धको आन्दोलनमा असर पर्ने भन्दै त्यसलाई टार्ने प्रयत्नमा छन् । देउवाले कम्युनिष्ट अधिनायकबाद विरुद्ध लड्ने बेलामा नेविसंघको महाधिवेशन निर्वाचनबाट गरेमा आफू आफै लड्ने भन्दै सर्बसम्मत नेतृत्व चयनको पक्षमा छन् । तर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघको प्रभाव र दबाब बढी भएकोले मतदानबाट नेतृत्व चयन भएमा संस्थापन पक्षका उम्मेदवार पराजित हुने भए पछि सर्वसम्मत भन्दै मतदानमा जान चाहेका छैनन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ श्रावण १४, ०७: ४९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ श्रावण १४, ०७: ४९

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ श्रावण १४, ०७: ४९

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...