पाईबाट ग्याँस आउँछ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणा सुनेर कतिले प्रशंसा गरे भने कतिले हावादारी कुरा भनेर उडाए तर विराटनगर–१४ जतुवाका वासिन्दाले भने पाईपबाटै ग्याँसको उपयोग गर्न पाएका छन् । जतुवाका ३२ घरले बिहीबारदेखि पाइपबाट आएको ग्यासमा नियमित खाना पकाउन थालेका छन् । करिब १ वर्षअघिको योजना साकार हुँदा स्थानीय खुसी पनि भएका छन् । करिब ६५ लाखको लागतमा सो परियोजना सञ्चालन भएको हो ।
स्थानीय श्रीकृष्ण गौसेवा सदनले नेपाल ऊर्जा विकास कम्पनीको सहयोगमा करिब ८५ परिवारलाई वैकल्पिक ऊर्जा पाइपमार्फत भान्सासम्म पु¥याउने लक्ष्य लिएको हो । पहिलो चरणअन्तर्गत ३२ परिवारमा ग्याँस पाइप जडान गरिएको छ । लगातार काम भइरहेको परियोजनामा चाँडै अन्य घरधुरीमा पनि पाइप जोडिने कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले जानकारी दिए ।
गौशालादेखि हरेक उपभोक्ताको घरमा जमिनमुनि पाइप गाडी ग्याँस पठाउने व्यवस्था गरिएको छ । चुल्होमा जोड्नुपूर्व ग्याँसको मिटर राखिएको छ भने यसले कति खपत गरिन्छ सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुुपर्ने हुन्छ । एलपी ग्याँसभन्दा एक सिलिन्डरबराबरको अर्थात् १४ केजी ग्याँसको मूल्य ३ सय कम पर्न जान्छ ।
किफायती र भरपर्दाे समेत भएको हुँदा यसले उपभोक्तालाई राहत हुने उनको भनाइ छ । सुरुका एक वर्षसम्म कम्पनीले नै प्राविधिक सहयोग जुटाइदिने हुँदा बाँकी समयमा लागि स्थानीय प्राविधिक तयार पारिने कम्पनीको योजना छ । गौ सेवा सदनमा पाका गाई र बाच्छा बाच्छी गरी २ सय ५ चौपाया रहेका छन् । ०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको उक्त गौशालाबाट निस्किएको गोबर कसरी सदुुपयोग गर्ने भन्ने समितिले छलफल चलाएको थियो ।
गोबरलाई हरेक दिन ग्याँस प्लान्टमा राखिन्छ । ग्याँस बनेर भण्डार भएपछि सीधै सर्वसाधारणको भान्सामा पुुग्छ भने बाँकी ठोस पदार्थलाई खुला प्लान्टमा राखिन्छ । जैविक किरालाई खुवाएर कुहिने बनाएपछि ९० दिनमा कम्पोस्ट मल तयार हुन्छ । यसरी तयार भएको मल बजारमा प्रतिकेजी १२ रुपैयाँसम्म बिक्री हुने गरेको समितिले जनाएको छ । ५ सय गाई अट्ने क्षमता भएको गौशालामा थप गाई थपिने र वैकल्पिक ऊर्जाको क्षमतालाई पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...