राजनीतिक कर्मीद्वारा झापामा करको वहस – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

राजनीतिक कर्मीद्वारा झापामा करको वहस

झापा । झापा जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर बृद्धि नगरेको बताएका छन् । जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तहमा कर विषयक अन्तरक्रियामा बोल्दै शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्माले करका बारेमा अनावश्यक भ्रम फैलाइएको बताए ।

स्थानीय तहको विरुद्धमा करलाई हतियार बनाउन खोजिएको उनको भनाई छ । साइकलमा कर लगाइएको भन्ने चर्चा गलत भएको र साइकलमा नभई व्यवसायमा कर लगाएको समेत बताए ।

करलाई विषय बनाएर समाजका जान्ने बुझ्नेले सर्वसाधारण नागरिकलाई भ्रमित बनाएको आरोप लगाएका छन् । कार्यक्रममा सहभागी सबै स्थानीय तहका प्रमुख उपप्रमुखले कर बृद्धि नभई केहि शिर्षकमा सामान्य फेरवदल भएको बताएका छन् । जनप्रतिनिधिले करका बारेमा असामान्य अफवाह फैलाइएको भन्दै गुनासो गरेका छन् । उनीहरुले करका बारेमा भ्रममा नपर्न आग्रह गरेका छन् ।

हरेक स्थानीय तहले राजश्व निर्धारण गर्नुपूर्व विज्ञ र स्थानीय नागरिकको परामर्शबाट कर निर्धारण गरिएको बताएका छन् । स्थानीय तह बन्नुभन्दा पहिले नै लागु भएका अधिकांश कर कायम गरिएको जनप्रतिनिधिको भनाई छ । अधिकांश स्थानीय तहमा व्यक्तिगत घटना दर्ता निःशुल्क गरिएको पाइएको छ । ३५ दिनपछि दर्ता गरेका न्यूनतम ५० बढिमा १५० जरिवाना लिइएको बताइएको छ ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर राजवंशीले सबै स्थानीय तहले आगामी वर्षबाट कर निर्धारणमा एकरुपता गर्नुपर्ने बताए । आफ्नो गाउँपालिकामा करको कुनै विरोध नभएको जानकारी दिए । स्थानीय तहबीच करमा अन्तर भएकाले नागरिकको विचमा गलत सन्देश गएको उनको धारणा थियो ।

यसैगरी हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले नागरिकलाई करका बारेमा बुझाउन नसकिएकोले अनावश्यक भ्रम फैलिएको बताए । उनले कर के हो ? किन उठाइन्छ ? कसको लागि उठाइन्छ ? भन्ने विषयमा नागरिकलाई बुझाउनु पर्ने बताएका छन् । जनप्रतिनिधि जनताको गोठालो हौ, ? – भ्रम चिर्न नागरिकलाई बुझाउनै पर्छ ।

कर निर्धारण प्रक्रिया,करको दर र करको सार्वजनिकिकरणका बारेमा जनप्रतिनिधिले जानकारी गराएका थिए । झापामा व्यक्तिगत घटना दर्ता, बहाल करमा एक रुपता पाइएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कर बृद्धि बाहिर चर्चामा भएजस्तो नभई हल्ला मात्र भएको बताएका छन् । उनले अनावश्यक चर्चाको साटो दिएको सुविधाको चर्चा हुनु राम्रो भनेका छन् । स्कुल बस र शव बहानलाई करमा छुट दिएको उनको भनाई छ । कानुनी प्रक्रियामा आउने नागरिकले थप सुविधा पाइरहेको बताए । सुत्केरीलाई २ हजार सुविधा दिन थालिएको सुनाएका छन् ।

गाउँपालिका महासंघका कार्यकारी निर्देशक विमल पोखरेलले बाहिर चर्चामा आएको विषय भन्दा तथ्य फरक रहेको बताए । एक प्रशंगमा उनले भने, सच्याउनै पर्ने विषयमा सच्याउन सकिने छ ।

समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले करका बारेमा नागरिकलाई सहजीकरण गरिने बताएका छन् । उनले करका बारेमा भ्रम फैलाइएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे । कार्यक्रमबाट निष्कर्ष निकाल्दै उनले संकलित कर सार्वजनिक गर्ने समेत बताएका छन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ भाद्र ५, १०: ०४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ भाद्र ५, १०: ०४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ भाद्र ५, १०: ०४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...