चीन भ्रमणबाट महासंघको टोली स्वदेश फिर्ता – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

चीन भ्रमणबाट महासंघको टोली स्वदेश फिर्ता

काठमाडौं । अखिल चीन पत्रकार संघको निमन्त्रणामा एक हप्ते चीन भ्रमण सकेर गत बुधबार प्रतिनिधि मण्डल स्वदेश फर्केका छन् । सप्ताहव्यापी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले गरेका थिए ।

प्रतिनिधिमण्डलमा यस साप्ताहिकका प्रधान सम्पादक तथा नेपालवाणी मिडिया ग्रुपका अध्यक्ष दामोदर प्रसाद दवाडी महासंघको पूर्व केन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार हरि लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ लेखा समिति सदस्य भूपेन्द्र आचार्य, पत्रकार ओमबन्धु कार्की रहेका थिए ।

चीन भ्रमणका क्रममा अखिल चीन पत्रकार संघकी महासचिव वाङ तुङ मेसँगको भेटवार्ता तथा पत्रकारिता क्षेत्रका बारेमा छलफल भएको थियो । त्यसैगरी नेपाली प्रतिनिधि मण्डलले बेइजिङ्गस्थित चाईना अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आईं) को अवलोकन गर्नुको साथै उक्त रेडियोमा विभिन्न देशबाट प्राप्त उपहार तथा रेडियो स्थापना भएदेखि हालसम्म प्रयोग भएका रेडियो सम्बन्धी इक्युपमेन्टहरुको संग्रहालयको अवलोकन समेत गरेको थियो ।

त्यसैगरी चाईना डेली न्यूज पेपर, अनलाइन, चाइना टेलिभिजनको मुख्य कार्यालय तथा विभिन्न एफ.एम स्टेशनहरुको समेत अवलोकन तथा सञ्चालन विधिबारे जानकारी समेत लिएका थिए । यस बाहेक प्रतिनिधि मण्डलले छोङ्गछिङ्ग शहरहँुँदै उलुङ जिल्लामा रहेको भेडा गाउँस्थित दुर्गममा रहेकास्थानीय वासिन्दाबाट सञ्चालित हामेस्टे समेतको निरीक्षण गरेको थियो ।

उक्त भेडा गाउँका वासिन्दाले सञ्चालन गरेको होमस्टेले त्यस क्षेत्रका मानिसहरुको आर्थिक उन्नतीमा उल्लेखनीय प्रगति भएको सो गाउँका मुखिया छाङ्गले बताए । २००१ बाट चिनले विकास निर्माणलाई अग्रगतिमा पछ्याउँदै हिँडेका कारण चीन आज विकसित मुलुक बन्ने दौडमा तीब्र रुपमा अघि बढिरहेको छ । चीन अहिले अभूतपूर्व रुपमा सामाजिक तथा आर्थिक विकास गर्न सफल भएको मानिन्छ । त्यसैले विकास हेर्न चीन जानुपर्छ भन्ने उखान धेरै नेपालीको मुखबाट आउने गरेको पाइन्छ । बेइजिङ सहर मात्र नभएर अन्य सहरहरुको विकास हेर्दा लाग्छ कतै जादू त होइन भन्ने भान हुन्छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ भाद्र ११, ०८: ५१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ भाद्र ११, ०८: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ भाद्र ११, ०८: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...