
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिमा भिरबाट लडेर एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – १ पातेघारका ७० वर्षीय जरसिङ कामीको मृत्यु भएको हो ।
घर नजिकको बारीमा घाँस काट्ने भनेर बुधबार उनी बारीमा गएको बताइएको छ । घाँस काट्नेक्रममा भिरबाट खसेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
प्रहरी स्रोतका अनुसार आज (बिहीबार) बिहान खोजतलास गर्दा मृत्यु भएको अवस्थामा फेला पारिएको हो । घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ ।
पाल्पामा एक वृद्ध मृत फेला
पाल्पाको निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णु बहादुर सुनारीको शव मृत अवस्थामा फेला परेको छ । सुनारीको शव घर नजिकैको गोरेटो बाटोबाट करिव १५ मिटर तल खोल्सामा फेला परेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीका अनुसार उनी कार्तिक २० गते घरबाट हिडेको र फिर्ता नआएपछि खोजी गर्दा मृत अवस्थामा शव फेला परेको हो ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...