
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीचको सबन्धलाई बलियो बनाउँन तथा धार्मिक पर्यटनको विकास गर्न पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गरिनुपर्ने बताएका छन् ।
काठमाडौंस्थित भारतीय दुताबासले भारत स्वतन्त्र भएको ७५ औं वर्षको अवसरमा आयोजना गरेको ‘पशुपतिनाथ- काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव परिपथको रुपमा विकास हुनु अपरिहार्य भएको बताए ।
मन्त्री आलेकाअनुसार चार धामलाई शिव सर्किटका रुपमा विकास गर्दा विश्वमा रहेका हिन्दु धर्मावलम्बीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउनुका साथै उनीहरुमा धार्मिक आस्था बढेर जाने बताए । उनले पशुपतिनाथदेखि काशी विश्वनाथ सम्मको मोटरसाइकल र्यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ र भारतको काशी विश्वनाथ मन्दिर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए । यी दुई मन्दिरले नेपाल र भारतका जनतालाई प्रेम र सद्भावको सूत्रमा बाँधेको उल्लेख गरे ।

‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ मा दर्जनौं युवाहरुले सहभागिता जनाएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले र्यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गरे ।
काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ भएको र्यालीमा ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पार गरि कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ ।





भिडियाे…
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...