प्रधानन्यायाधीशलाई पदच्यूत गर्न निर्णायक आन्दोलन गर्छौंः बार अध्यक्ष श्रेष्ठ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रधानन्यायाधीशलाई पदच्यूत गर्न निर्णायक आन्दोलन गर्छौंः बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्न निर्णायक आन्दोलन गर्ने चेतावनी नेपाल एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दिएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले आयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष श्रेष्ठले न्यायालयमा ब्याप्त भ्रष्टचारको नेतृत्व जबराले गरेको आरोप लगाउँदै पदच्यूत गर्ने चेतावनी दिएका हुन् ।

कात्तिक १४ गतेबाट बारले शान्तिपूर्ण रूपमा प्रर्दशन गर्दै आए पनि प्रधानन्यायाधीशको निर्देशनमा आज प्रहरी हस्तक्षेप गराइएको आरोप लगाउँदै भोलिकाे प्रर्दशनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश रोक लगाउने बताए । राजीनामाको मागसहित सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

हस्तक्षेपका क्रममा केहि पर्दशनकारीहरु घाइते भएका छन् । हस्तक्षेपपछि कानून व्यवसायीहरुले सर्वोच्च परिसरमा चर्काचर्का नारावाजी गरेका थिए । उनीहरुले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्दै प्रहरी हस्तक्षेपको बिरोध गरेका थिए ।

प्रहरीको हस्तक्षेपपछि बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारले जनाएको छ । प्रधानन्याधिशनको राजीनामा नआएसम्म आन्दोलनलाई चर्काउने बारले जनाएको हो ।


बेन्च बहिष्कारको विरोध
माइतीघरमा एक समुहले सर्वोच्चका न्यायाधीशहरुले ‘बन्च बहिष्कार’ गरेको बिरोधमा प्रर्दशन गरेको छ । न्यायाधीशहरुको ‘बेन्च बहिष्कार’ले नागरिकहरू न्याय पाउने अधिकार बञ्चित भएकोले बिराेध गरिएकाे बताए ।

प्रर्दशनका क्रममा उनीहरुले बेन्च बहिष्हार अन्त्य गर, दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै नारावाजी गरेका थिए । उनीहरुले न्याय पाउँने नागरिकहरुको अधिकार कसैलेपनि बञ्चित गर्न नहुने बताएका हुन् ।

भिडियाे…

सम्बन्धित समाचार

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ कार्तिक २५, १५: ३१

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ कार्तिक २५, १५: ३१

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक २५, १५: ३१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...