कानून व्यवसायीलाई चक्मा दिदै सर्वोच्च पुगे प्रधानन्यायाधीश – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कानून व्यवसायीलाई चक्मा दिदै सर्वोच्च पुगे प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून व्यवसायीहरुको धर्नालाई छलेर सर्वोच्च अदालत प्रेवश गरेका छन् । जबराले विहान ११ बज्नै लाग्दा सर्वोच्च अदालतको १ नं गेट प्रयोग गरेर प्रवेश गरेका हुन् ।

नेपाल बार एशोसिएसनको अगुवाईमा विगत तीन सातादेखि कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गरिरहेका छन् । जबरालाई अदालत प्रबेग गर्नबाट रोक्न शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा कानून व्यवसायीहरुले धर्ना दिइरहेका थिए ।

करिव ११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोल्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत प्रवेश गरेका थिए । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसनले अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो ।

न्यायालयमा उत्पन्न समस्याले नागरिकहरुको न्याय पाउने अधिकार हनन् भई सेवाग्राही मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले अदालतको समस्याबारे चासो दिन थालेको छ । शुक्रबार प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल जारी छ ।

सम्बन्धित समाचार

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ कार्तिक २६, ११: ४५

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ कार्तिक २६, ११: ४५

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक २६, ११: ४५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...