
काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको मूल गेटमा नेपाल बार एशोसिएसनको धर्नालाई सम्बोधन गर्दै दाहालेले पदच्यूतको बाटो पर्खेर नबस्न आग्रह गरे ।
नेपाल बार एशोसिएसनको आह्वानमा कानून व्यवसायीहरुले थप संघर्षका कार्यक्रमहरु गर्ने क्रममा राजीनामा नआए अन्तिम विकल्प पदच्यूतको बाटो जानुपर्ने बताए । समय छदैं राजीनामा दिएर मार्ग प्रशस्त गर्न उनले सुझाए । कानून व्यवसायीहरुको लक्ष्य प्रष्ट रहेकोले न्यायालयमा भइरहेको विकृती, विशंगति र भ्रष्टचार रोक्न राजीनामा नआएसम्म धर्ना कार्यक्रम थप शशक्त हुने उने बताए ।

न्यायालयको गरिमालाई बचाइराख्न बारको आन्दोलनमा सबै कानून व्यवसायीहरुले हातेमालो गर्न उनले आग्रह गरे । यस्तो गम्भीर समस्यामा पनि राजनीतिक दलहरु चुपलागेर बसेको उनको आरोप छ । दलहरुले समयमै यस विषयमा पहलकदमी नचाले सरकार र दलहरुको अकर्मन्यता बिरुद्ध आन्दोलन गर्ने दाहालको चेतावनी छ ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...