
काठमाडौं । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । निर्वाचन गराउन नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएपछि अनिश्चित बनेको हो ।
जिल्लामा अधिवेशन गराउने वातावरण नभएका कारण राजीनामा दिएको कार्कीले बताएका छन् । निर्वाचन प्रक्रिया अगाडि बढाउन सबै सरोकारवाला पक्षसंग छलफल गर्दापनि निर्वाचन गराउने वातावरण नभएको उनको भनाई छ । उनले भने, ‘जिल्लामा सबै सरोकारवाला पक्षहरु निर्वाचन गराउने सहमतिमा जुटेका छैनन् ।’
जिल्ला निर्वाचन अधिकृत कार्कीले राजीनामा दिएपछि भोलि (शनिबार) हुने वडा अधिवेशन अन्यौलमा परेको काँग्रेस नेताहरुले बताए । अधिकृत कार्कीलाई राजीनामा फिर्ता लिन काँग्रेस नेता तथा कार्यकर्ताहरु छलफलमा रहेको बताइएको छ ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...