प्रधानन्यायाधीशज्यू, विचौलियाहरुलाई नियन्त्रणमा राख्नुस्ः अध्यक्ष श्रेष्ठ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रधानन्यायाधीशज्यू, विचौलियाहरुलाई नियन्त्रणमा राख्नुस्ः अध्यक्ष श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न अनुरोध गरेका छन् । प्रधानन्यायाधीश जबराको विरुद्धको आन्दोलनमा सर्वोच्च अदालत भित्रपट्टीबाट धर्नामा रहेका कानून व्यवसायीहरलाई सम्बोदनका क्रममा विचौलियालाई नियन्त्रयण गर्न आग्रह गरेका हुन् ।

विगत दुई सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्दै सर्वोच्च अदालत बाहिर आन्दोलनरत कानून व्यवसायीहरुले आज (आइतबार) सर्वोच्चको भित्रपट्टी मूलगेटमा धर्ना दिएका थिए । धर्नामा बारका अध्यक्ष क्षेत्रले प्रधानन्यायाधीश जबराले विचौलियाहरुको घुसपैठ गराएर आन्दोलनलाई असफल बनाउने प्रयाश गरेको आरोप लगाउँदै तीनलाई नियन्त्रण गर्न पनि आग्रह गरे । बारको आन्दोलनको विरोधमा प्रधानन्यायाधीश जबराका समर्थकहरुले सर्वोच्च अदालत बाहिरबाट प्रदर्शन गरिरहेका थिए ।

नेपाल बारको अगुवाईमा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि कात्तिक १४ गतेबाट हातमा कालोपट्टी बाँधेर राजीनामा माग्दै लगातार विरोध प्रर्दशन गरिरहेको छ भने प्रधानन्यायाधीश जबरा सडकले राजीनामा माग्दैमा नदिने अडानमा रहेका छन् ।
यता सर्वोच्च अदालतबारले पनि प्रधानन्यायाधीश जबराले तोकेका इजलास बहिष्कार गर्दै राजीनामा दिन दबाब दिइरहेका छन् ।

सम्बन्धित समाचार

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ कार्तिक २८, १२: २०

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ कार्तिक २८, १२: २०

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक २८, १२: २०

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...