सांस्कृतिक रूपमा असफल मुलुकले समृद्धि हासिल गर्न सक्दैनः प्रधानमन्त्री देउवा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सांस्कृतिक रूपमा असफल मुलुकले समृद्धि हासिल गर्न सक्दैनः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांस्कृतिकरूपमा असफल मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटन गर्दै भौतिकरुपमा जतिसुकै सम्पन्न भएपनि सांस्कृतिकरुपमा विकास गर्न नसक्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका हुन् ।

नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर रहेका विविध भाषा, भेषभुषा तथा धर्म संकृतिको व्यापक प्राज्ञिक अनुसन्धान गर्दै देशलाई विश्वसामु चिनाउन नेपाल प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे । उनले नेपाली विविध भाषा र संकृतिको विकास तथा संवद्र्धनमा सबैले आ–आफ्ना् ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै यस सभाले सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान तथा सुधारका काम गरेर प्राज्ञिक अध्ययन अनुसन्धानका काममा हात्तेमालो गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यसअघि दिदै गरेको बिरेन्द्र प्रज्ञा पुरस्कार बिभिन्न पुरस्कारहरु बितरण बन्द भएको भन्दै यसले नकारात्मक सन्देश जाने बताए । प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिन जोड दिए ।

प्रधानमन्त्री देउवाले समारोहमा बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गरेका थिए । पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिएको थियो ।

भिडियाे…

सम्बन्धित समाचार

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ कार्तिक २८, १४: १९

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ कार्तिक २८, १४: १९

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक २८, १४: १९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...