
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ८ पिसिआर परिक्षणमा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणमा १५ जना गरि ३ सय ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
आइतबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४८ जना संक्रमित संक्रमणमक्त हुँदा देशभर हालसम्म ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् ।
देशभर आजसम्म ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएसंगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...