
सुर्खेत । नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता श्रेष्ठलाई उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीले पद तथा गोपनियताको शपत गराउनु भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संवैधानिक व्यवस्था अनुसार संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सरकारका कानूनी सल्लाहकारका रुपमा वीरेन्द्रनगर नगरपालिका – ९ सुर्खेत निवासी श्रेष्ठलाई सो पदमा नियुक्त गर्नु भएको हो ।
शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...