उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं । उम्मेदवारमाथि भोट माग्न अनिवार्य रुपमा मतदाताको घरदैलोमा पुग्नुपर्ने दबाब परेको छ । यो काठमाडौं उपत्यकाका चर्चित क्षेत्रमध्ये एक हो । ‘लोकतान्त्रिक, वाम गठबन्धन र विवेकशील साझा बीचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ, तीनै पक्ष जबरजस्त रुपमा प्रस्तुत भइरहेका छन् ।’

१ नं. क्षेत्रका कांग्रेसबाट प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा र विवेकशील साझाबाट रवीन्द्र मिश्र मैदानमा छन् । कांग्रेसका पूर्वमहामन्त्री सिंहलाई चुनौती दिने गरी वाम गठबन्धन र विवेकशील साझाका उम्मेदवार मैदानमा उत्रिएपछि सिंहमाथि घरदैलो गर्नुपर्ने दबाब परेको हो ।
काठमाडौं १ विशुद्ध सहरी क्षेत्रमात्र रहेको निर्वाचन क्षेत्र हो । सो क्षेत्रवाट उम्मेदवारी दिने कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र घरदैलोमा व्यस्त छन् । ०६४ र ०७० सालको निर्वाचनमा घरदैलो नगरेका कांग्रेस उम्मेदवार सिंह यसपटक भने मतदाताको घरघर पुगिरहेका छन् ।

कात्र्तिक २० गतेदेखि नियमित घरदैलोमा व्यस्त छु, सकेसम्म सबै मतदाताको सिंहले घरमा पुग्ने जानकारी दिए । बिहान–साँझ घरदैलो तथा दिउँसो पार्टीको आन्तरिक बैठक र अन्तरक्रियाको कार्यतालिका बनाएर खटेका छन् ।
दुईदुई पटक सभासद् हुँदा उक्त क्षेत्रमा गरिएका विकास निर्माण कार्य र योजनाको सूची राखेर २० पृष्ठको फेहरिस्तसहित सिंह चुनावी मैदानमा छन् । सिंह भन्छन्, ‘मेरो प्रतिस्पर्धा वाम गठबन्धनसँगै हुन्छ, अरुसँग हुन्न ।’ कम्तीमा १५ हजार मत ल्याएमा चुनाव जित्ने लक्ष्य राखेका छन् ।
वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अनिल शर्मा पनि घरदैलोमा व्यस्त छन् । घरदैलो कार्यक्रममा कांग्रेसको तुलनामा कमजोर देखिएता पनि चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘वामगठबन्धनका पक्षमा जनलहर छ, त्यसैले मलाई जिताउँछ।
स्थानीय तहको निर्वाचनमा पाएको मत विश्लेषण गर्दा वामपन्थी कांग्रेसभन्दा बलियो देखिएको छ । त्यसले पनि वाम उम्मेदवार शर्मा बढी नै उत्साहित भएका हुन् । स्थानीय निर्वाचनमा सो क्षेत्रवाट २३ हजार ८ सय ३ मत खसेको थियो । उक्त क्षेत्रमा खसेको वडा अध्यक्षहरुको मत विश्लेषण गर्दा एमालेको ८,७१४ र माओवादी केन्द्रको २२७४ गरी वाम गठबन्धनका पक्षमा ११,०१५ मत खसेको देखिन्छ भने भने लोकतान्त्रिक गठबन्धन आबद्ध कांग्रेसको ८,८४२ र राप्रपा १,५५०को गरी जम्मा १०,३९२ मत खसेको देखिन्छ । स्थानीय तहमा वाम गठबन्धन ६२३ मतले अगाडि छ ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ मंसिर १२, ०९: ३८

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ मंसिर १२, ०९: ३८

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ मंसिर १२, ०९: ३८

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...