आफूले गरेका हरेक काममा उत्कृष्टता हासिल होस्, सबैले मनपराउन्, अनुसरण गरुन् सबैले कामको प्रसंसा गरुन्, त्यसको कदर स्वरुप सरकारी र गैरसरकारी क्षेत्रबाट मान, सम्मान र पदक प्राप्त होस् भन्ने इच्छा चाहाना सबैलाई हुन्छ तर सबैलाई त्यस्तो अबसर प्राप्त हुँदैन ।
काम गर्नेलाई मात्र त्यो अवसर प्राप्त हुन्छ । त्यस्तै अबसर पाउने मध्यका चलचित्र सम्पादक मित्रदेव गुरुङले यो अवसर प्राप्त गदै अर्थात् चलचित्र अवार्ड थाप्दै विगत एक वर्षदेखि आफूलाई सर्वोत्कृष्ट चलचित्र सम्पादकका रूपमा उभ्याएका छन् । यसअघि पटक–पटक पदक थाप्दै आएका उनले यो बर्ष पनि त्यसलाई निरन्तरता दिएका छन् ।
गतवर्ष चलचित्र सम्बन्धी पदकमा ह्याट्रिक गरेका मित्रदेबले उक्त कार्यलाई यस वर्षबाट फेरि सुरु गरेका छन् । गतवर्ष उनले एउटै समयमा लगातार तीनवटा अवार्ड जितेका थिए । वर्षभरिका आधा दर्जन चलचित्र अवार्डमध्ये सबैमा मनोनयनमा परेका उनले जात्राबाट तुलसी सर्वोत्कृष्ट चलचित्र सम्पादक, एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ र कामना फिल्म अवार्ड २०७३ जितेका थिए । यी तीनवटा पदक एकै समयमा जित्दा उनलाई चलचित्र सम्पादनको लागि थुप्रै ठाउँबाट धेरै अफर आएको थियो ।
तीमध्येबाट छानेर चलचित्र सम्पादन गरेका उनले यसभन्दा अघि एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार तुलसी सर्वोत्कृष्ट चलचित्र सम्पादक, एनएफडीसी चलचित्र अवार्ड २०७४ प्राप्त गरीसकेका छन भने यसपटक चलचित्र शत्रुगतेबाट पुरस्कृत भएका छन् । हरेक काम सिर्जनात्मक रूपले गर्न रूचाउने उनको बानीले पदक जित्न सम्भव भएको र आफ्नो सम्पादनलाई मन पराएर निर्णायकले पुरस्कृत गरेकामा आफूलाई खुसी लागेको बताउँदै थप पुरस्कार प्राप्त गर्न र उत्कृष्टकाम गर्न थप उत्साह थपिएको मित्रदेबले बधबार साप्ताहिकलाई बताएका छन् । यो पुरस्कारका लागि चलचित्र मंगलमबाट मनोनयनमा परेका उनले चलचित्र शत्रुगतेबाट सम्पादकको भूमिकामा पुरस्कार हासिल गरेका छन् ।
चलचित्र सम्पादनमा विगत एक दशकदेखि सक्रिय मित्रदेब गुरुङले झण्डै तीन सयवटा म्युजिक भिडियो र तीन दर्जन नेपाली चलचित्रको सम्पादन गरी बजारमा ल्याईसकेका छन् । वर्षमा झण्डै ६ वटासम्म चलचित्र सम्पादन गर्न सक्ने बताउने मित्रले निर्देशकले छायांकनमा लानुअघि सम्पादकसँग छलफल गरेर नमिलेका बिषयहरु मिलाएर लाँदा चलचित्र उत्कृष्ट बन्ने र सबैले मनपराउने उनि बताउँछन । यही कुरा हलिउड, लिउडमा समेत अभ्यास भैरहेको उनी सुनाउँछन ।
तर, नेपालमा यसो हुन नसक्दा कतिपय चलचित्र उत्कृष्ट बन्न नसकेर, नचलेको, प्रतिस्पर्धामा कमजोर बनेको र लगानी नै डुब्नेजस्ता समस्या आउने गरेको उनले बताए । यस्तो हुन नदिन चलचित्र निर्देशक र सम्पादकको बीचमा घनीभूत छलफल हुनसके नमिलेका विषयहरू मिलाएर लान सकिने उनको तर्क छ । उनकै जसतो सोच राखेर सबैले काम गर्न चलचित्र क्षेत्र र चलचित्र सम्पादकहरुले धेरै उपलब्धि हाँसिल गर्न सक्ने मात्रै होइन यो क्षेत्रको भबिष्य उज्ज्वल नक्षत्र बन्ने निश्चित छ । यि सबै कुरालाई लिएर मित्रदेवको बिष्लेषण गर्दा नेपाली चलचित्र सम्पादनमा भोलीका दिनमा उनी अझ चम्कन सक्ने स्पष्ट देखिन्छ । स्तम्भकारको तर्फबाट पनि उनलाई सफलताको शुभकामना ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...